अनलाइन कक्षा र यसका समस्या


हुनत अनलाइन कक्षाको बारेमा आ- आफ्ना फरक -फरक धारण र बुझाईहरु होलान। कतिपयलाई अनलाइन कक्षाको सिकाई प्रक्रियाले राम्रै ज्ञान् हासिल गर्ने अवसर र सिकाई प्रक्रियालाई अगाडि बढाउन सहयोग गरेको पनि हुनसक्छ यसमा हामी सबैको बुझाई र धारण एउटैमात्र हुनुपर्छ भन्ने छैन । आजको यो विषम परिस्थितिलाई नियालेर हेर्दा यो प्रक्रिया अत्यन्तै उपयोगि र विकल्पको रूपमा रहेको पनि छ । यो भन्दा उपयोगी विकल्प अरु कुनै पनि छैन, अनलाइन कक्षा आज रहरले होइन, बाध्यता दिनुपर्ने भएको छ । विद्यार्थीहरुलाई भौतिक रूपमा उपस्तिथित भएर कलास लिने रहर र इच्छा हुदाहुदै पनि बिश्वब्यापी रूपमा फैलिएकोको महामारीले गर्दा निकै अप्ठ्यारो पारेको छ।

भौतिक रूपमा स्कुल, कलेजमा गएर अध्ययन क्रियाकलाप अगाडि बढाउने बाताबरण नभएको पनि धेरै भैसकेको छ । यो वातावरण सहज हुन अझै केहि टुंगो लागेको छैन दिनप्रतिदिन संक्रमणदर बढेको छ धेरैले ज्यान गुमाउनु परेको छ सुरक्षा सर्तकता अपनाउन अत्यन्तै आवश्यकता छ ज्यान जोखिममा छ सबै जनमानसहरुको जीवनस्तर त्रासै त्रासमा बितेको छ । अझै भन्ने हो भने सार्क रास्ट्रहरुमध्ये सबै भन्दा बढी संक्रमणको जोखिम नेपालमा रहेको विज्ञहरुको भनाइ छ । अझै पनि नेपाल संक्रमणको उच्च जोखिममा रहेको कुरा प्रष्ट छ। हुनत महामारीले गर्दा कतिपय विद्यार्थीलाई राम्रो पनि भएको होला तर मेहनत बिना नपढी ,परिक्षा नदिएरै पास गराउने प्रबिधि भने त्यति राम्रो नभएको मेरो बुझाई छ। यस्तो कुरा सुन्दा राम्रो पढने इच्छा भएका भाईबहिनिहरुको मन दुख्ला, यो सबैलाई होइन पढन इच्छा नगर्ने विद्यार्थी भाईबहिनीको कुरा छ । शिक्षा क्षेत्रको लागि यो रहर होइन देशमा भित्रीएको महामारीले गर्दा सिर्जना गरेको बाध्यताको परिस्थिति भएको छ।

तर मेरो भने अनलाइन कक्षाको बारेमा बुझाई अलि फरक छ। मेरो यो बुझाई ,धारण तपाईहरु सबैसंग नमिल्न पनि सक्छ । अनलाइन कक्षाले गर्दा मेरो मनमा अनेकौं प्रश्न उठ्छ ? जसको असर राम्रो वा नराम्रो दुबै हुन सक्छ विभिन्न बिरोधाभाषका बीचमा पनि नेपालमा अनेकौं प्रबिधिहरुको जमिसकेका अर्थात विकास भैसकेको देखिन्छ बिधुतको प्रसारणलाई जताततै तानिएको छ तर यसको प्रभाकारी बिकास भने हुन सकेको छैन लोडसेडिङ ब्ल्याकआउट हुँदा देश अझै अँध्यारोमै रहिरहेको देखिन्छ ।

मलाई कता कता लाग्छ अनलाइन कक्षाले त्यति धेरै सिकाई स्तरलाई वृद्धि गरेको छैन । हुनत सिकाई क्रियाकलाप वृद्धि नहुनमा हाम्रा आफ्नौ कमजोरी पनि हुनसक्छन् तर नेपालको प्रवेशमा हेर्दा प्रबिधिको पनि निकै समस्या रहेको छ। कहिले बत्तिको समस्या, कहिले डाटाको समस्या कहिले अरु केही समस्या यस्ता धेरै समस्यहरु झेल्नुपरेको छ । अनलाइन कलासले गर्दा शहरी क्षेत्रको समस्या भनेको बत्तिको मात्रै होला तर पहाडी क्षेत्रका गाउँबस्तीमा बस्नेहरुमा सञ्चार क्षेत्रका धेरै समस्याहरु छन । यस्ता समस्याको के कुरा गरौं, जहाँ फोन गर्ने रुख चढनु पर्छ, अग्लो अग्लो डाडा काडा खोज्दै हिडनुपर्छ।अब हामी आफैले मुल्यांकन गरौं त्यहाका विद्यार्थीहरुलाई अनलाइन कलासले सिकाई क्रियाकलापमा सहयोग कसरी गर्छ ?

यस्तो भन्दा कतिपयलाई अनौठो लाग्न सक्छ किनभने आज सामाजिक संजाल सबैको घर-घर बस्ती-बस्ती अनि हात-हात र भान्सा-भान्सा पुगेको छ। यसबाट धेरैलाई लाभ मिलेको होला तर केहीलाई समस्या पनि थपेको छ । आजभोलि हाम्रा पुस्ताहरु अनलाइनको सुबिधाले गर्दा सिकाई क्रियाकलापमा होइन विनासको बाटो तिर गैरहेको देखिन्छन् । त्यसैले अभिभावक ज्युहरुले आफ्ना छोराछोरीको चासो गर्ने बेला भएको छ । आफ्नो छोराछोरीको वास्ता नगर्नाले छोराछोरीले अनलाइन कक्षाको नाममा अनैतिक क्रियाकलाप तिर चासो बढेको देखिन्छ । सानै उमेरमा च्याट गर्ने, लभ गर्न, फेसबुक टिकटक तिरै दिनभर तन, मन लगाएको देखिन्छ ।

आजभोलिका धेरै युवाहरुमा चुरोट रक्सी जस्ता मदिरा सेवा गर्ने लत बसेको,मदिरा सेवन गरेर आफुलाई ठुलो सम्झ्ने ,च्याथिएका कपडा लगाउने प्रबिधिको विकास भएको छ । कुन मान्छेलाई कस्तो ब्यवहार गर्ने कसरी बोल्ने समेत थाहा नपाउने जस्ता कार्यहरु गरेको कतिपयहरुमा देखिन्छ । त्यसैले हाम्रो पढाई भनेको परिश्रम बिना नै सफलता प्राप्त गर्ने हलिएर खाने भाडो जस्तो भएको छ। यस्तो प्रकारको ज्ञानले गर्दा न भुत, न बर्तमान न भबिस्य निर्माण कुनै ठेगान नै छैन । त्यसैले आजका पुस्ताहरु सिकाई क्रियाकलाप तिर आकर्षक बनाउन जरुरी छ । टिकटक, ग्याम, च्याटमा ब्यस्त होइन । त्यसैले अनलाइन कक्षाको नाममा हुने सक्ने यस्ता समस्याहरुलाई ध्यानदिन आवश्यक देखिन्छ । म आफैलाई पनि अनलाइन कक्षाले धेरै प्रभाव पारेको छ पढ्नलाई कलासमा जोडिनाले दिनभर फेसबुक टिकटक हेर्नमै ठिक भएको छ । न पढाई भने जस्तो भएको छ न त पढेको बुझिन्छ । त्यसैले बेलैमा सोच्न जरुरी छ नत्र भोलि यसले समस्यालाई जटिल बनाउन सक्छ । यसको मतलब यो होइन कि प्रबिधिको प्रयोग नै गलत छ । यसको मतलब यो कि प्रगतिको प्रयोग सहि तरिकाबाट गर्नुपर्छ।

त्यसैले शिक्षाको स्तर राम्रो छ तर पाएको संस्कार राम्रो छैन भने कहिले पनि मान्छे सफल ब्यक्ति बन्न सक्दैन । एउटा बालकको लागि घर नै पहिलो शिक्षा हो हजुरहरुले जे सिकाउनु हुन्छ उस्ले त्यही नै सिक्छ र गर्छ । आफ्नो छोराछोरीहरुलाई राम्रो संस्कार दिने गर्नुस कि भोलि हजुरहरुलाईलाई कतैबाट पनि पछुतोको आभास नहोस !

१ भाद्र २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको