दाङमा मनपरी भाडा असुली गरेको भन्दै विप्लव नेकपाका युवाहरुले गरे अनुगमन


साउन २, दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेकोनेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला समिती दाङले आज जिल्लाको लमही नगरपालिकामा यातायात व्यवसायीले असुली गरेको चर्को भाडाका विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लामा आवतजावत गर्ने लामोदुरीका सवारीसाधनलाई रोकेर यात्रुसंग भाडादर सोधपुछ गरि चर्को भाडा असुली भए नभएको विषयमा जानकारी लिइएको युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोजले बताए।

संगठनको केन्द्रिय कार्यक्रम अनुसार राप्ती व्युरोका विभिन्न जिल्ला दाङ,सल्यान,रुकुम,प्युठान,रोल्पामा संगठनले मनपरी भाडा असुलिको विरुद्धमा अनुगमन गरेको जनाइएको छ।

युवा संगठन नेपाल राप्ती व्युरो इन्चार्ज तिलकको नेतृत्वमा लमहीमा भएको अनुगमन कार्यक्रममा पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीको बाहानामा मनपरी भाडा असुली नगर्न सचेत गराइएको थियो।संगठनले सवारी साधनमा अनिवार्य भाडादर सार्वजनिक गर्नुपर्ने,यात्रुसंग चालक सह-चालक र यातायात व्यवसायीले शिष्ट सभ्य भाषा प्रयोग गर्नुपर्ने,यात्रुहरुको सेवा सुबिधा,सवारीसाधनको दुर्घटना विमा,यात्रु विमा लगाएतका विषयमा सचेत गराइएको संगठनका व्युरो इन्चार्ज तिलकले बताए ।

अनुगमन कार्यक्रममा संगठनका जिल्ला स्तरीय नेता-कार्यकर्ता,नेपाल कम्युनिस्ट पार्टी लमही नगर इन्चार्ज जनक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राप्ती व्युरो इन्चार्ज डिल्ली,अखिल(क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरको सहभागीता रहेको थियो।

सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुले जनताको प्रत्यक्ष जीवन संग सरोकार राख्ने विषयवस्तुमा आन्दोलन केन्दृत रहेको भन्दै संगठनलाई धन्यवाद दिएका थिए।

२ श्रावण २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको