तुलसीपुरमा शनिबार थप १४ जनामा कोरोना सक्रंमण पुष्टि


बैशाख ४, दाङ । तुलसीपुरमा शनिबार थप १४ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ ।

शनिबार एकैदिन वडा नम्बर ५ का ५ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ११ का ६ जना र वडा नम्बर ९ का १ जनामा सक्रंमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल के.सीले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, नेश्नल प्याथल्याव र कोहलपुर मेडिकल कलेजमा गरिएको परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको हो । शनिबार कोरोना पुष्टि हुनेमा ३ जना विधार्थी पनी रहेका छन् । उनिहरुमध्ये २ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहिको आईसोलेसनमा, १ जनालाई होटेलको आईसोलेसनमा र् वाँकि सवै होम आईसोलेसनमा रहेको जनाइएको छ ।

यो सगैं तुलसीपुरमा कोरोना सक्रीय संक्रमीतको संख्या ५२ पुगेको छ । जसमध्ये ७ जना भेरी अस्पतालको आईसोलेसनमा, ८ जना कोरोना विशेष अस्पताल वेलझुण्डीमा, २ जना होटेल आईसोलेसनमा, २ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र २९ जना होम आईसोलेसनमा रहेको के.सीले जानकारी दिए ।

पछिल्लो समय कोरोना विशेष अस्पताल वेलझुण्डीमा वेड भरिएकाले विरामीले वेड पाउन समस्या भईरहेको बताइएको छ ।

४ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको