कोरोनाको कहरले अमेरिकामै अस्ताए याम बहादुर पुनका सपनाहरु


डि:भी भिजामा सन २०१५ मा अमेरिका आएका स्थाई घर तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वार्ड नं ४ का याम बहादुर पुन मगरको , मगर संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । कोभिड-19 कोरोना भाइरलले थलिएका पुन मगरको माउन्ट सेनाई अस्पताल, न्युयोर्कमा गत मार्च 25 – 2021 को दिन उपचारको क्रममा निधन भएको थियो ।

मृतक पुन मगरको अमेरिका कोहि परिवार नभएका कारण मगर संघ अमेरिकाको रोहबरमा अन्तिम दाहसंस्कार गरिएको हो । कोरोनाको कारणले मृतकको लास नेपाल पठाउन र नेपालबाट कोहि आफन्त अमेरिका आउने अबस्था नभए पछि मृतकको आमाले मगर संघ अमेरिकालाई अस्पतालबाट मृतकको शब बुझी बिधिवत रुपमा अन्तिम दाहसंस्कार गरिदिनु भन्ने अनुरोध पत्र पथाएका थिए । मगर संघ अमेरिका केन्द्रिय अध्यक्ष कुल्दिप राना मगर र मगर संघ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष याम पुन मगरले मृतकको लाश बुझी दाहसंस्कारको जिम्मा लिएका थिए ।

अप्रील १४ तारिख एलमस्ट्रमा श्रद्धाञ्जली सभा राखिएको थियो । श्रद्धाञ्जली सभामा न्युयोर्क 25 डिस्ट्रीट उम्मेदवार एण्डि चैन (Andy chen) , आदिवासी जनजाती महासंघ अमेरिका अध्यक्ष लोक चेमजोङ , एनआरएन अमेरिका न्युयोर्क च्याप्टरका उम्मेदवार बिष्णु राना मगर लगायत विभिन्न संस्थाका प्रतिनिधि तथा कयौं मगर समुदायको उपस्थिति थियो । मृतकको लासलाई आजै अन्तिम संस्कार गरिएको छ ।

मृतक याम बहादुर पुनको श्रद्दान्जली सभा

४ बैशाख २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको