प्रवासी गर्खनेल समाज अमेरिका र बेलायतले बिद्यालयलाई सहयोग हस्तान्तरण


पोष्टपाटी, रुकुम पुर्ब । हिमाली जिल्ला रुकुम पुर्व, पुथा उत्तरगंगा गाउँपालीका गर्खानीको आधारभूत बिद्यालयको तारबार तथा बालमैत्री बिधालय निर्माणका लागि अमेरीका बस्ने नेपालीहरुको सहयोग प्राप्त भएको छ । अमेरिकामा कर्मथलो बनाउदै आउनुभएका वीरनारायण पुन मगर, टेकनारायण पुन मगर, विकास सुनार, रवि सुनार, सत्य प्रकास पुन मगर, सुनिल पुन मगर, सूर्य कुमार पुन मगर, राम पुन मगर, गिरी पुन मगर, याङो श्रो मगर तथा माइती गाउँको लागि जीवन बुढा मगर सहितको गर्खनेल समाज अमेरीकाे सहयोगमा चारलाख भन्दा बढी रकम सहयोग प्राप्त भएको हो । श्री दुर्गा प्राविकाे खातामा रकम जम्मा गरिएकाे छ।

यसैगरी गर्खानी निबासी हाल बेलायतमा कर्मथलो बनाएका जमलाल पुन मगर, हिक्मत पुन मगर र दिवस पुन मगरबाट एकलाख पचास हजार रकम विद्यालयको खातामा जम्मा गरिएको छ भने नरेश पुन र युवन पुनबाट पनि पचास -पचास हजारको सहयोग प्रतिबद्धता गर्नु भएको युवा बुद्दिजिवी नवीन पुनले बताउनु भएको छ ।

पुर्ब बेलायती सैनिक जमलाल पुन तथा रबि सुनारले यो रकम वालवालिकाको उज्ज्वल भविस्य सङ्ग जोडिएको हुनाले उचित र पार्दर्शी उपयोग हुनेमा आशाबादी रहेको बताउनु भएको छ भने विद्यालयका प्रधानाध्यापक विपल पुन, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मन्जित पुनले गर्खनेल समाज अमेरिका र गर्खनेल समाज युके लगाएत सबै सहयोगीहरुलाई धन्यवाद दिनु भएको छ । साथसाथै बिद्यालयलाई थप शिक्षा मैत्री बनाउन अन्य कल्याणकारी मनहरुलाई पनि सहयोगको अनुरोध गर्नु भएको छ ।

४ माघ २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको