माघ, काठमाडौ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विदेश स्थित जनबर्गिय संगठनहरुले नेकपाका सचिवालय सदस्य धमेन्द्र बास्तोला सहित तिन नेताको गिरफ्तारीको बिरोध जनाएका छन् । कुवेत, मलेसिया, युएई, कतार र साउदी मोर्चाहरुले गिरफ्तारिको बिरोध जनाएका हुन् ।
नेपाली जनप्रगतिशील मोर्चा कुबेतका अध्यक्ष बिकल्प र महासचिव सुरेस, मलेसिया मोर्चाका अध्यक्ष बिजय लामा र महासचिव तुफान, युएई मोर्चाका अध्यक्ष मनोज काउचा मगर र महासचिव अर्जुन खड्का, कतार मोर्चाका अध्यक्ष साजन गुरुङ र महासचिव बिबेक मल्ल, साउदी मोर्चाको अध्यक्ष कसम मगर र महासचिव टिकाराम ओली ‘सुरेस’ को हस्ताक्षर रहेको वक्तब्यहरुमा बास्तोला लगायतका सम्पूर्ण राजनीतिक बन्दीहरुको रिहाईको माग गरिएको छ ।
बिभिन्न देशका जनबर्गिय संगठनहरुको बिज्ञप्ति:
हाम्रो गौरब शाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले जनताको अधिकारको हनन भ्रष्टाचार दलाली कमिसन खोरी तस्करी राष्ट्रघातका विरुद्ध संघर्ष गरिरहेको कुरा सम्पुर्ण न्याय प्रेमी मुक्तिकामी जन समुदायलाई अबगत नै छ । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई खोजी खोजी पक्राउ गर्ने र हिरासतमा निर्मम यातना दिने जेल हाल्ने लाखौं धरौटी तोक्ने साथै अदालतबाट छुतेपनी फेरि पुर्ण अदालतको गेत बाहिर बाटै पक्राउ गर्ने कुकार्य के पि वलिको दलाल सरकारले गरिरहेको जग जाहेर छ । हालचालै २०७७ साल पौष २९गत्ते दिउँसो३ बजे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय समिति सचिबालयका कमरेड कन्चनलाइ सामाजिक दलाल पुजिवादी के पि वलि सरकारले पार्टी काममा खतिरहेको वेला ललितपुरबाट गिरफ्तार गरेको छ।उहाँ सङ्गै ब्यूरो सदस्य कमरेड विबेक र कमरेड विशाललाई पुलिसले गिरफ्तार गरेको छ। कन्चन लगायत कमरेडहरुको गिरफ्तारिको नेपाली जन प्रगतिशील मोर्चा कुवेत कडा विरोध एवम् घोर भत्सर्ना गर्दछौ। यस्तो घृणित कार्य कुनै पनि राजनीतिक वयवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उदाउनु हो। यो निरङ्कुश तानाशाहि एबम फासिस्ट प्रवृति हो। यस खालको दमानका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी बुद्धिजिवि, पत्रकार र आम नागरिकलाई नेपाली जन प्रगतिशील मोर्चा कुवेत विशेष आग्रह गर्दछौ । साथै विना आधार राजनीतिक आस्था कै कारण गिरफ्तार गर्ने यातना दिने झुठ्ठा मुद्दामा फसाउने जस्ता निन्दनीय कार्य नगर्न र पक्राउ गरिएका सम्पुर्ण अस्थाका राज वन्दिहरुलाइ विना शर्थ यथासिघ्र रिहाइ गर्न के पि वलिको सरकार समक्ष नेपाली जन प्रगतिशील मोर्चा कुवेत जोरदार माग गर्दछ। साथै राजवन्दिहरुलाइ राजनीतिक व्यबहार गर्न नेपाल सरकार सङ्ग आग्र गर्दछौ। यदि यहि प्रकारको ज्यादती नरोकिएको खण्डमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी केपि वलिको सरकार र नेपालको राज्य शमयन्त्रले नै लिनुपर्ने छ ।भन्ने चेतावनी पनि दिन चाहन्छौं । साथै नेपाल कम्युनिस्ट पार्टिले घोषणा गरेको आन्दोलनमा नेपाली जन प्रगतिशील मोर्चा कुवेतले नैतिक समर्थन जनाएको कुरा पनि सम्पुर्ण जन समुदायलाई जानकारी गराउद छौ ।
सुरेश
महासचिव
नेपाली जनप्रगतिशील मोर्चा, कुवेत
बिकल्प
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, कुवेत
मिति: १४/०१/२०२१
प्रेस विज्ञप्ति
देश अहिले नितान्तै गम्भीर मोडमा गुज्रिरहेको छ । क्रान्ति र प्रतिक्रान्तिको बीच, नेपाली जनता र दलाल, फाँसीबादी सरकारको बिचमा आमनेसामनेको संघर्ष चलिरहेको छ । ओली सरकारले एकातिर संसद भंग गरेर एकलौटी अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको छ भने अर्कोतिर विश्वसर्बहारा बर्गको अग्रदस्ता नेकपाका नेताकार्यकर्तालाई धरपकडको सिलसिला शुरु गरिसकेको छ । ओली सरकारले ललितपुरको बागमती गाउँपालीकावाट नेकपाका सचिवालय सदस्य तथा विदेश बिभाग प्रमुख कमरेड धर्बेन्द्र बास्तोला ‘कंचन’ सहित कमरेड बिबेक कुमाल र कमरेड बिश्वासलाई गिरफ्तार गरेको घटना प्रति नेपाली जनप्रगतिशील मोर्चा य़ूएईको गम्भीर ध्यानाकर्षण भएको छ । यस कायरतापूर्ण कदमको चौतर्फी बिरोध सिर्जना गर्न आम परिवर्तनशिल नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौं । साथै गिरफ्तारीमा परेका आस्थाका मान्छेहरुलाई बिनासर्त रिहाइ गर्न ओली सरकारसंग जोडदार माग गर्दछ ।
मनोज काउचा
अध्यक्ष
नेपाली जनप्रगतिशिल मोर्चा युएई
अर्जुन खड्का
महासचिव
नेपाली जनप्रगतिशिल मोर्चा युएई
मिति: १४/०१/२०२१
( प्रेस बिज्ञप्ति )
हामी यो कथित असफल भैसकेको दलाल संसदीय ब्यवस्थाको पुर्ण रुपमा अन्त्य गरि उत्पिडित र श्रमिक जनताको प्रत्यक्ष पहुँच भएको बैज्ञानिक समाजबाद स्थापना गर्न चाहान्छौं । यो ब्यबस्था प्राप्तिका लागि आम नेपाली जनताको पक्षमा जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार हुने कुरा स्पष्ट गर्न चाहान्छौं ।
नेपाली जनतालाई यो असफल भइसकेको दलाल संसदीय ब्यबस्थाको विभेदकारि नितिबाट सदाका लागि मुक्त गर्ने र राज्य सत्ता जनताको हातमा पुर्याोउने हाम्रो महान तथा जनताको लोक प्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय प्रवास ब्यूरो संगठन नेपाली जनप्रगतीशिल मोर्चा कतारले सबैमा स्पष्ट पार्दै आएको छ ।
यसै क्रममा हाम्रो गौरवशाली पार्टी नेकपाका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख कमरेड धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लगायत क. विवेक कुमाल, क. विस्वासलाई आज कथित खड्क ओलि बादल समुहको ठाडो निर्देशनमा ललितपुर र मकवानपुर सिमा क्षेत्रबाट बिनाकारण नेता कार्यकर्तालाई गिरफ्तार गरि झुट्टा मुद्दा लगाउने प्रपञ्च रचिरहेको प्रति हाम्रो प्रवास ब्यूरो संगठन नेपाली जनप्रगतीशिल मोर्चा कतारले लाचार महादलाल सरकार को गृहप्रशासनको निन्दनीय कार्य भएको ठहर गर्दै घोर आपत्ती प्रकट गरेको छ ।
साथै क.धर्मेन्द्र बास्तोला ‘कंचन’ लगायत गैरन्यायिक गिरफ्तार गरिएका सम्पुर्ण नेता कार्यकर्तालाई निशर्त रिहाइ गर्न हाम्रो गौरवशालि संगठन नेपाली जनप्रगतीशिल मोर्चा कतारले जोडदार माग गर्दछ । हामिले बेलाबेलामा भन्दै आएका छौं, कि कथित के पि सरकारले देशलाई जबर्जस्त युद्धमा धकेल्ने र तानाशाही शासन लाई बचाइ राख्ने कुचेस्टा गरिरहेको प्रति सम्पुर्ण आदरणीय बुद्धिजीवी, मानवअधिकारबादि, पत्रकार र आम नेपाली जनतालाई सचेत भइ आवाज उठाउन अपिल गर्छौ ।
क्रान्तिकारी अभिवादन सहित
अध्यक्ष
साजन गुरुङ
नेपाली जनप्रगतीशिल मोर्चा कतार
बिबेक मल्ल
महासचिव
नेपाली जनप्रगतीशिल मोर्चा कतार
महान तथा गौरवशाली पाटी नेपाल कम्युनिष्ट पाटी केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला क.कञ्चन लगायत ब्यूरो सदस्य क.कुमाल, क.विशाललाई पाटी कामको शिलशिलामा ललितपुरबाट सामाजिक फासिवादी सत्ताको गहिर न्यायीक गिरफ्तारको घोर भत्सर्ना गर्दछौं।
दलाल फासीवादी सत्ताको दोधारे कार्यले केवल एकातिर वार्ताको हौवा देखाउनु अर्कोतिर नेता र कार्यकर्ता गिरफ्तार गर्ने कार्यले हाम्रो गौरवशाली संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदी अत्यन्तै आक्रोशित भएको छ। दलाल राज्यसत्ताको उत्त कार्यको भर्सणा गर्दै सम्पुर्ण नेता कार्यकर्ता यथासिघ्र रिहाईको जोरदार माग गर्दछौ। भारतीय सम्राज्यवादको खुलेयाम हस्तक्षेप दिनदाहै बढ्नु हाम्रो सगरमाथासम्म दाबी गर्नु एकातिर केपि, बादलको प्रत्यक्ष आदेशमा क्रान्तिकारीहरुलाई बिनाकारण गिरफ्तार गरेर झुटा मुद्धा लगाउनाले दुस्साहसले देशमा लेन्डुवको खतरा भएको छ। दलाल राज्यको उत्त कार्यको काउन्टर दिन अति आवश्यकता भएको ठहर गर्दै हाम्रो माओपार्टी नेपाल कम्युनिष्ट पार्टीले प्रभावसाली नेतासहितको गिरफ्तारी विरुद्ध चालेको सम्पुर्ण संघर्ष कार्यक्रममा ऐक्यबद्धता जनाउदै माघ १० गतेको नेपाल बन्दलाई सहयोग गर्न सम्पुर्ण आम नेपाली जनसमुदायलाई पनि हार्दिक अपिल गर्दछौं।
क्रान्तिकारी अभिवादन ।
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा साउदी
कसम मगर ‘सेते’
महासचिव
टिकाराम ओली ‘सुरेस’
नेपाली जनप्रगतिशील मोर्चा साउदी
मिति: ०२ माघ, २०७७
प्रसे विज्ञप्ती
केपि ओली नेतृत्वको दलाल संसदीय सरकार आफ्नै सत्ताको संकट टार्न नसक्दा विदेशी शक्तिहरुको इसारा मा दिन प्रतिदिन हिटलरी शैलीमा एक पछि अर्को असंवैधानिक र निरंकुश तथा तानाशाही कदमको भरमा दलाल सत्ता टिकाउन तल्लीन रहेको सन्दर्भ जगजाहेर नै छ। अर्को तर्फ स्वदेश तथा विदेशमा रहेका नेपाली जनताहरु भने । विश्व महामारीले दैनिक जनजिविका टार्न सम्मा पनि कठिन अवस्थामा गुज्रिरहेका छन् त कतै रोजगार गुमाउने देखि अलपत्र पर्ने सम्माको अवस्थामा रहेको बिध्यमान परिस्थिति लाई दृष्टिगत गरी।
हाम्रो महान् तथा गौरवशाली पार्टी बिप्लब नेतृत्वको नेकपा संघर्षको कार्यक्रमहरु लाई स्थगित गरि देश र जनताले भोगिरहेको असहज परिस्थितिमा सहयोग गर्न जनतासँग साथमा रहि सहयोग गरिरहेको अवस्थामा नेपाल प्रहरीले २०७७ पौष २९ गते पार्टी केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्यूरो इन्चार्ज धर्मेन्द्र बास्तोला (क. कन्चन) सहित विवेक कुमाल र विश्वासको गिरफ्तारी गरि कथित अपराधी करार गर्न कुप्रयास प्रति नेपाली जनप्रगतिशिल मोर्चा मलेसिया घोरभर्त्सना गर्दछौं । साथै कमरेड धर्मेन्द्र लगायत सम्पुर्ण कमरेडहरु लाई बिनासर्त सम्मान रिहाईको लागि जोडजाड माग गर्दछौं।
संसारमा नै इतिहासले पुष्टि गरेको वैज्ञानिक तथ्य के हो भने देश र जनताको पक्षमा लड्ने शक्ति लाई तानशाह शक्ति जितेको इतिहास छनै। बरु जनताको बल बाट ध्वस्त भएका तानशाह मात्र छन्। जस्तो सुकै परिस्थितिको सामना गरेभए पनि देश जनताको मुक्ति योगदान हामी प्रवासी यूवाहरु तयार छौ ।त्यसकारण हामी यो अनुरोध गर्दछौ कि सम्पूर्ण राष्ट्रियवादी क्रान्तिकारी शक्तिहरु साथै सम्पुर्ण बैद्धिक जनशक्ति नागरिक समाज पत्रकार न्यायलय सबै एकजुट भई दलाल केपि , वादल सरकारको जनघात र राष्ट्रिय घात अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना को लागि अगाडि बढ्न अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादनसहित !
अध्यक्ष
बिजय लामा
नेपाली जनप्रगतिशील मोर्चा, मलेसिया
तुफान सिंह
महासचिव
नेपाली जनप्रगतिशील मोर्चा, मलेसिया
प्रतिक्रिया दिनुहोस