पोखरामामा यातायात ठप्प, नेकपाका आठ कार्यकर्ता पक्राउ


कत्तिक २९, पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको असर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।

बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए । नेकपाका कार्यकर्ताले पाेखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

पोखरामा बिहानैदेिख बन्दको प्रभाव छ । सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । बजार बन्द छ। अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् । -न्युज कारखाना

३० कार्तिक २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको