सत्ता र संस्कृतिको प्रश्न


देबदत्त अवस्थी
मानिस द्वारा मानिसमाथिको शोषण दमन र लुटपनि खालि आर्थिक सामाजिक राजनैतिक कारणले मात्र टिकेको हुदैन त्यसलाई टिकाईराख्नको निम्ती हजारौ बर्षदेखि मानव समाजको क्षेत्रमा परम्परागत रुपले काम गरिरहेकौ साँस्कृतिक पक्षहरुले गहिरौगरि काम गरिरहेका हुन्छन । साँस्कृतिक सम्बन्धहरु कति गहिरोगरि जगडिएका छन भने शोषण गरिरहेको शोषिक पक्षलाई शोषण गर्नु आफ्नु अधिकार हो भन्ने मात्र लागेको हुदैन अझ शोषित बर्ग आफैलाई समेत आफु शोषक पक्ष वाट शोषित हुनुनै न्याय संगत हो ।

आफुलाई शोषक पक्षले शोषण गरेको नभई धर्म पालना गरेको सम्झन्छन मालिकहरुले आफ्ना दाश अथवा नोकरहरुलाई सकेजति थिचोमिचो दमन शोषण गर्नु दाश मालिकहरुको कानुनि र वैधानिक अधिकार भित्र पारियो र हजारौ वर्षको वर्वरता पुर्ण जिन्दगीको भोगाईले शोषितहरुको चेताना प्रस्फुटित भएर१९०५ मा दास विद्रोह हुन पुग्यो दाश विद्रोहभएपछि रुसमा जारको सत्ता ढल्यो लेनिनको नेतृत्वमा समाजवादीसत्ता स्थापना भयो ।

सामन्त र महाराज वा उसका प्रतिनिधीहरु आफुलाई इश्वरका अवतार ठान्दछन । आफू भन्दा तल्लो स्तरका मानिसहरुलाई अभद्र ब्यबहार गर्दछन निच सम्झन्छन । उनिहरुमाथि निरन्तर शोषण गर्छन ،आफुलाई बलियो बनाउछन ।

सामाजिक र आर्थिक क्षेत्रमा बलियो बन्नका लागि सबभन्दा पहिलो त भुमि कब्जा गर्दछन र भुमिमाथिको स्वामित्व स्थापित भईसके पछि विस्तारै त्यसको असर अर्थतन्त्रमा पर्ने गर्दछ सो अर्थतन्त्र बाट अगाडी बढ्दै जादा सामाजिक क्षेत्र कब्जा गर्दैछ र राजनितिक क्षेत्रमा मात्र प्रभाब जनाउन थाहान्थ्यो त्यो शाषक वर्ग अव कसरी हुन्छ सर्वहारा वर्गको अदिनायकत्व धर्मसत्ता वादले सारा संसारभरीको संस्कृतिलाई आफुअनुकुल बनाई सोझा गरिब निमुख दलित आल्पग्याँनी महिलालाई आफ्नो दासको तहमा स्थापित गरेर आफु संसार हाँक्न चाहान्छ शोषकबर्ग ।

जहिलेपनि उँचो स्थानमा बस्न चाहान्छ ऊ आफुले समाजमा जे गरेपनि हुने कमजोरबर्गले न्युनतम् बोली चिफ्लदा ठूलो सजायको भागिदार हुनु पर्ने ब्यवस्थाको अन्त्य नभए सम्म जतिसुकै लोकतन्त्रको۔दुहाई दिएपनि मजदुर बर्गको समश्या समाधान हुने देखिदैन शोषकबर्गले कमजोरबर्गलाई जहिलेपनि तल्लो दर्जामा मात्र रहेको देख्न चाहान्छ ।

कथमकदाचित उसले मिहेनत र संघर्षले अगाडी उच्च ओहदामा पुग्यो भने उसलाई कसरी हुन्छ बदनाम गर्ने गराउने उसको अस्तित्वमाथी नै धावा बोल्ने उसलाई सकेजति आफ्नो अधिनमा राखिराख्ने नसके सांघातिक आक्रमण गरेर पनि श्रमिकबर्गलाई सुखले बाच्न दिदैन र सामन्तबर्गले सुरुदेखि नै आर्थिक नाकाबन्दि लगाएर शिक्षा दिक्षामा प्रतिबन्ध लगाएर अशिक्षित राखेर श्रमिकबर्गको श्रम शोषण गरेर राख्न चाहान्थ्यो । पछिल्लो समयमा क्रान्ति संघर्ष बलिदानीबाट श्रमिकबर्गले आफ्ना हक अधिकार स्थापित गर्दै जाँदा सामन्तबर्ग अर्थात पुँजिबादीबर्ग धरासायी अर्थात रक्षात्मक बनेको छ ।

जस्तो ब्रहमण भित्रका दलितहरुले बेद अथवा कर्मकाण्ड गर्नु हुदैन त्यो गर्दा अछुत हुन्छ । क्षेत्री भित्रका दलितहरुले जिम्वाली रजवारी गर्दा भित्रिनीका सन्तानको उपमा दिएर हेपाहा दृष्टिकोणले रजवारीमा योग्य नभएको भनि बिल्ला भिराई दिन्छन ।

त्यस्तै बैश्यहरुलाई दसौ भागमा बिभाजित गरियो ،कसैलाई जातिय रुपले कसैलाई क्षेत्रिय रुपले कसैलाई भेगिय रुपले कसैलाई बंशाणुगत रुपले कसैलाई बर्णका आधारमा कालो र गोरोको आधारमा उसको जाति बिभाजित गरी सामन्तवादले त्यो जातिलाई एकआपसमा लडाएर आफ्नो स्बार्थ पुरा गरिरहेका छन तिनीहरूबाटै सामन्तबर्गले आफ्नो उद्धश्य पुरा गरेको हुन्छ र ति सबैबर्गको जात धर्म लिङ्ग क्षेत्रको बिभाजनपनि सामन्तबर्गले नै गरिदिन्थ्यो । त्यसका साथसाथै नामाकरण गर्ने कामपनि सामन्तबर्गबाट नै प्रमाणित हुने गर्दछ आफ्नो सन्तानको नाम भगवानको नामबाट र उत्पिडितहरुका सन्तानहरुका नाम त पशुहरुका नामबाट नामाकरण गरिदिने सामन्तवादको पुरानै चलन हो ।

त्यसकारण उठ जागौ सर्बहारा हो सबै जाति धर्म संस्कृति समुदाय भित्रका सामन्त र पुँजिपतीहरुका बिरुद्ध उत्पिडितहरुको मोर्चामा बनाएर एकजुट होऔ र संसारभरी छरियर रहेको मुठ्ठीभर दलालहरुको अन्तिम चिहान खनेर जमिनमुनी गाडेर मात्र क्रान्तिकारीहरुले बिश्राम लिनु पर्छ। नेपालको हकमा हजारौ बर्षदेखि चल्दै आएको सामन्तवादले साम्राज्यवाद ،पुँजिवाद हुदै हाल आएर दलाल पुँजिवादीहरुको सत्ता चकनाचुर नभयसम्म नयाँ श्रमिकबर्गलाई सुखसित बाच्न पाइनेजस्तो देखिदैन । नाम जेसुकै दियपनी यि राणाकाल देखिका सडे गलेका मन कुहिएका सामन्तवादी चिन्तन दलाल पुँजिपती कुन्ठित मानशिकताको भएका र ब्रहमणवादिअहंकारवादी चिन्तनलाई अन्तिम दाहासंस्कार गर्नै पर्छ ।

(लेखक नेपाल कम्युनिष्ट पार्टी बझाङ जिल्ला सचिवालय सदस्य हुनुहुन्छ)

२ असार २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको