दाङ-सल्यान र दाङ-रोल्पा सडकखण्ड पहिरोले अबरुद्ध

फाइल तस्बिर

असार २, दाङ । अबिरल बर्षाका कारण ठाउँ ठाउामा झरेको पहिरोको कारण दाङसंग सीमाना जोडिएका पहाडी जिल्लाहरुको आवात जावात ठप्प भएको छ ।

दाङको घोराहीदेखि रोल्पाको होरेली जोड्ने सडक खण्डको ठाउँ ठाउँमा पहिलो जाँदा मंगलबार साँझ ६ बजेदेखि सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिए ।

पहिलो पञ्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको भएपनि अबिरल बर्षा र पहिरो निरन्तर झर्नै क्रम जारी रहेको हुँदा संभव नभएको उनले बताए । अबिरल बर्षा पछि खसेको पहिरोले गर्दा दाङ–सल्यान सडक खण्डपनि मंगलबार बेलुका ५ बजेदेखि बन्द रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोबिन्द थापाका अनुसार राप्ती लोकमार्ग अन्तरगर दाङ– सल्यानको सीमाना क्षेत्र कपुरकोट नजिकै झरेको पहिरोका कारण सडक खण्ड अबरुद्ध भएको हो । उ

क्त स्थानमा सडक स्तरउन्नतीको काम भइरहेको र पहिरो खस्ने क्रम नरोकिएको हुँदा सडक खुलाउन भइरहेको प्रयास संभव भइनसकेको उनले बताए । सड्क खुलाउने प्रयास जारी रहेको उनले जानकारी दिए ।

 

२ असार २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको