भायानेटले ल्यायो सुपर स्पीड इन्टरनेट अफर

फाइल तस्बिर

बैशाख ३, काठमाडौँ । टिभी तथा इन्टरनेट सेवाप्रदायक भायनेट कम्युनिकेशनले सुपर स्पीड इन्टरनेट अफर ल्याएको छ । अब भायानेट स्पीडी अफरमा ग्राहकले १०० एमबीपीएससम्मको स्पीड पाउन सक्नेछन ।

भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सक्नेछन ।

त्यस माथि रु. १००० को रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै फ्रिमा प्राप्त गर्न सकिने भायनेट कम्युनिकेशनले जनाएको छ । यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।

३ बैशाख २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको