एमालेका सांसदले जोगाइदिए मुख्यमन्त्री शाहीको सरकार

फाइल तस्बिर

वैशाख ३ सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभामा विश्वासको मत हासिल गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । योसँगै कर्णालीमा शाही नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।

नेकपा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो ।

विश्वासको मत को पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए ।

 

३ बैशाख २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको