केन्द्रीय भाषिक उपाध्यक्षको उपस्थितिमा पुरस्कार वितरण सम्पन्न, बिजेता शितलनगरलाई पुरस्कार स्वरूप पचास हजार हस्तान्तरण


पोष्टपाटी, काठमाण्डौ ।
“भेषभूषा, भाषा, धर्म, संस्कार, संस्कृतिलाई संरक्षण गरौ, विश्व भरिका मगरलाई एकजुट गराऔ” भन्ने नाराको साथ दिन, दुखी, गरीब, अशक्त, असहायहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको मगर संसार (Magar Sansar) Photo Gallery ग्रुप भित्र सम्पन माघे सकराती बिशेष- मौलिक लोक नृत्य प्रतियोगिता २०७७ मा रुपन्देही जिल्ला भित्रका पुरस्कार दिन बाकी रहेका प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकोछ ।

रुपन्देही जिल्ला देवदह नगरपालिका ७ सितलनगरमा सम्पन्न पुरस्कार कार्यक्रममा प्रथम बिजेता सितलनगर मगर समाज देवदहले कार्यक्रमको आयोजना गरेको थियो । समाजका अध्यक्ष किसन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय भाषीक उपाध्यक्ष दल बहादुर बिरकता मगरको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिहरु समाजसेवी आमा बिहीनको आमा जुनू पुन मगर, मगर संघ लुम्बिनी प्रदेशको सदस्य जसु पुन मगर, नेपाल मगर संघ रुपन्देहीका निबर्तमान सह सचिब बिनोद थापा मगर, देवदह मगर संघको अध्यक्ष सोभा थापा मगर, निबर्तमान अध्यक्ष खर सिंह श्रीस मगर, ब्रूनाईबाट मगर संसार ग्रुप भित्र सञ्चालन भएको मगर भाषा अनलाइन क्लासको लागि सहयोग रकम हस्तान्तरण गर्न आउनु हुने समाजसेवी पूर्णबहादुर पुन मगर लगायत मगर अगुवाईहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सुरुवात राष्ट्रीय गीतबाट प्रमुख अतिथि भाषीक उपाध्यक्ष दलबहादुर बिरकता मगरबाट प्रथम सहिद क्या. लखन थापा मगरको फोटोमा माल्यार्पण गरी दिपप्रजनल मार्फत मौन धारण गरी कार्यक्रम सुरुवात गरेको थियो । त्यस्तै कार्यक्रम सचिब खड्कबहादुर पुन मगरले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य समाजको उपाध्यक्ष इन्द्रहादुर रजाली मगरले गर्नु भएको थियो ।

कार्यक्रम र प्रतियोगिता बारे सभाध्यक्ष किसन थापा मगरले जानकारी दीदै मगर संसार फोटो ग्यालरीले मगर समाज माथि महत्वपूर्ण भूमिका खेलेको र लाखौ मगरको प्यारो, दिन दु:खीको एउटा मलम बनेको र मगर संघले गर्न नसकेको काम मगर संसारले गरेको गुनगान गाउदै प्रतियोगितामा साथ दिनु हुने सम्पूर्णलाई धन्यवाद र गुण तीर्न नसकिने मन्तब्य राख्नु भएको थियो । त्यसै गरी देवदह मगर संघका अध्यक्ष सोभा थापा मगरले सितलनगरको जीतले सितलनगर मात्र नभई देवदह कै इज्जत राखेकोमा धन्यवाद दिनु भएको थियो र देवदहबाट मगर संसारले गरेको हरेक काममा साथ दिने आस्वासन दिनु भएको थियो ।

मगर संघ रूपनदेहीका निबर्तमान सह सचिब बिनोद थापाले मगर युवाहरु नेपाल मैं बसेर केहि गर्न र समाज परिबर्तन गर्न भूमिकामा जोड़ दिदै मगर संसारले सञ्जाल मार्फत लाखौ रुपिया बिरामिलाई सहयोग गरेको प्रशंसा गर्दै अब ग्रुपलाई संस्थाको रुपमा दर्ता गरेर लानु पर्ने सुझब दिनु भएको थियो ।

नेपाल मगर संघ लुम्बिनी प्रदेशको सदस्य जसु पुन मगरले लाखौ मगरको मन मनमा मगर संसार बसेको र भाषा सस्कृतिलाई संरक्षण र सम्बर्धन गर्न अहम भूमिका खेलेको बताउनुभयो । समाजसेबी जुनू पुन मगरले देवदहमा आएको बेला सितलनगर समाजको संस्कृति हेर्न पाउदा र मगर समाजले समाज मा धेरै राम्रा काम गरेको प्रति गर्व गरदै मगर संसार एडमिन प्रति सलुट गर्नु भएको थियो । आफु पनि दिन दुखी र समाजको लागि मरिहत्ते गर्ने भएकोले मगर संसार र जुनू एक आपसमा नङ र मासुको जस्तै सम्बन्ध रहेको जानकारी गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय भाषीक उपाध्यक्ष दलबहादुर बिरकता मगरले मगर अब हरेक ठाउमा अघि बढ़नु पर्ने र सामजिक सञ्जाल मार्फत मगर संसारले गरेको कामको जति पनि प्रशंसा गरेपनी कम हुने र मगर भाषा अनलाइन क्लास सुरु गरेकोमा मगर संसार फोटो ग्यालरी एडमिन समितिलाई धन्यवाद दिदै भाषा बिना मगरको नाम निशान नै नहुने र अस्तित्व नै संकटमा पर्नेमा सचेत गराउनु भएको थियो ।


कार्यक्रमको बीचमा मगर संसारका एडमिनले पुरस्कार बितरण गर्नु भएको थियो । जसमा एडमिन शान्ति राना र प्रिया रानाले कार्यक्रम संचालन गर्नुभएको थियो । प्रतियोगिताको बेला हौशला स्वरूप प्राप्त गरेको नेपाल मगर महिला संघ तिलोत्तमा रूपनदेहीका समुहलाई देवदह मगर समाजको अध्यक्ष सोभा थापा मगरको हातबाट रू.५००० र सम्मान पत्र खादा लगाई हस्तान्तरण गरिएको थियो । त्यसै गरी प्रतियोगितामा सान्त्वना हुन सफल लाकुरी मगर समाज रामनगर बुटवलको समुहलाई रू.५००० र सम्मान पत्र खादा लगाइ जिल्लाका निबर्तमान सह सचिब बिनोद थापा मगरको हातबाट हस्तांतरण गरेको थियो ।

प्रतियोगीता प्रथम बिजेता बनेका सितलनगर मगर समाज देवदह लाई प्रमुख अतिथि दल ब.बिरकता मगर ज्यू को हातबाट खादा लगाई रू.५०,०००/- र सम्मान पत्र हस्तांतरण गरेको थियो भने प्रतियोगिताको बेला सहभागी मध्य उत्कृष्ट पोशाक बिजेता बनेका दुई प्रतियोगी मध्य एक सितलनगर मगर समाज देवदहलाई प्रदेशका सदस्य जसु पुन मगरको हातबाट खादा लगाई रू.५००० र सम्मान पत्र हस्तांतरण गरेको थियो ।

पुरस्कार बितरण कार्यक्रममा मगर संसार फोटो ग्यालरीका एडमिन हरु शान्ति रानामगर, प्रिया रानामगर, अमीर मगर, तिर्सना मगर, नबिना मगर, अञ्जलि थापामगर, बिष्णु ढेगा मगरको सहभागी रहेको थियो । प्रतियोगिताले विश्व भरिका मगर समुदायलाई एउटै मालामा उन्न सफल भएको महसूस गरदै प्रतियोगितामा सहयोग गर्नुहुने खेल संयोजक एमबि मगर, ज्योति रजाली मगर लगायत सबै प्रायोजक, एडमीन, सलाहकार, ग्रुप भित्र आबद्द सबै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई मगर संसारका संस्थापक अनिल लामीछाने मगरले सबैलाई आभार प्रकट गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा मगर भाषा अनलाइन क्लासको लागि ब्रूनाई मगर समाजले दिएको रू.१ लाख रुपैंया सहयोग पनि पूर्ण बहादुरपुन मगरले एडमिनहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

४ फाल्गुन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको