नेकपाका केन्द्रिय नेता तथा बिप्लवका जेठा दाइ बिरजंगको निधन


असोज २९, काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा नेत्र बिक्रम चन्द ‘बिप्लव’का सहोदर जेठो दाजु चन्द्र बहादुर चन्द ‘बिरजङ्ग’को असामयिक निधन भएको छ । उपचारका क्रममा भारतको दिल्ली स्थित म्याक्स अस्पतालमा हिजो वेलुका ९ बजे दुखद निधन भएको हो ।

उनी बिगत लामो समय देखि मुटुरोगको उपचारमा रहेका थिए । बिप्लव पार्टी भित्र एक निडर र शाहासीक नेताको रुपमा चिन्निने बिरजङ्ग ६१ बर्षको उमेरमा निधन भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले नेपाली क्रान्तिमा वीरजंगले गरेको त्याग, तपस्या र वलीदानीको पुर्ण रुपमा रक्षा गर्ने र जनक्रान्तिलाई विजयमा पुर्याई छाड्ने प्रतिवद्धता व्यक्त गरेको छ । उनको दुखद निधन भए पछि सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक शोक वक्तव्य जारी गर्दै शोक ब्यक्त गरेका छन ।

को हुन बिरजगं ?

२०१६ फाल्गुण ७ गते रोल्पा जिल्ला ईरिवाङ–६ मा जन्मिएका चन्द्र बहादुर चन्द ‘वीरजंग’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको जेठो दाई हुन ।

विद्यार्थी कालमा पंचायती व्यवस्थाका विरुद्धको आन्दोलनमा सहभागी हुदैँ, नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी), १० बर्षको महान जनयुद्धमा समेत सहभागी रहेका थिए ।

०६२/६३ पछि माओवादी पार्टी नेतृत्वमा आएको विचलनताका विरुद्ध दुईलाईन संघर्ष र नेपाल कम्युनिस्ट पार्टी निमार्ण एवं एकीकृत जनक्रान्तिमा ऐतिहासिक, जुझारु र शाहसिक भुमिका निर्वाह गर्दै आएका थिए ।

पछिल्लो समय प्रतिबन्ध लगाउदै ओली–प्रचण्डको गठबन्धन सरकारले विभिन्न हिरासत तथा जेलमा  राखेर यातना दिएको थियो । उनी सुनसरीको धरान इलाका प्रहरी कार्यलयको हिरासतमा बन्दी रहेको अवस्थामा समेत गम्भीर बिरामी परेका थिए । जेल हिरासतकै क्रममा कोरोना संक्रमणको समेत सामना गरेका थिए ।

नेकपाले विरजंग प्रति श्रदा र शोक व्यक्त गर्न देशव्यापी रुपमा पार्टी कार्यालयहरुमा आजबाट ३ दिन सम्म (असोज २९, ३० र ३१) पार्टीको झण्डालाई आधा झुकाउने कार्यक्रम हुने नेकपाले जनाएको छ । उहाँको पार्थिव शरिर दिल्ली स्थित म्याक्स अस्पतालबाट गृहनगर कपिलवस्तु जिल्लाको शिवगढी ल्याएर भोली असोज ३० गते अन्तिम श्रदान्जली सहित अन्त्यष्टी गरिने छ ।

२९ आश्विन २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको