दाङमा फेरी थपियो लकडाउन

फाइल तस्बिर

असार १, दाङ । दाङमा असार ८ गतेसम्म लकडाउन थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार अब होटेल पनि चल्ने भएका छन् ।

होटेलले प्याकिङ खानेकुरा तयार गरेर प्याकिङ गरेर बेच्न पाउने भएका छन् । त्यस्तै सरकारी कार्यालय पनि दैनिक खुल्ने भएका छन् ।

विहान १० बजेदेखि दिउसो २ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रका सदस्य दोर्ण ओलीले बताए ।

उनका अनुसार बजार विहान ६ बजेदेखि १० बजेसम्म खुल्ने, बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्ने निर्णयलाई यथावत राखिएको छ ।

यस अघि असार १ गतेसम्म लकडाउनको मिति तोकिएको थियो । केन्द्रको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

१ असार २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको