गंगादेवमा थप २१ जनामा कोभिड पोजेटिभ, संक्रमितको संख्या ९८ पुग्यो


जेठ ०१, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा थप २१ जनामा कोभिड- १९ पोजेटिभ देखिएको छ । रिपोर्ट आउन बाँकी रहेका २१ जना सबैलाई कोभिड पोजेटिभ देखिएको गंगादेव गाउँपालिका स्वास्थ्य प्रमुख त्रिभुवन घर्ति मगरले जानकारी दिएका छन् ।

दोस्रो चरणमा ५९ जनाको पिसिआर परिक्षण गर्दा ५६ जनालाई पोजेटिभ भेटिएको छ भने ३ जनालाई मात्र नेगेटिभ देखिएको छ ।

गंगादेवमा हालसम्म कोभिड पोजेटिभहरु ९८ जना भेटिएका छन् भने सबै १ सय २ जना व्यक्तिहरुमा पिसिआर परिक्षण गरिएको थियो ।

१ जेष्ठ २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको