गंगादेवका यी ४ स्थानमा मास स्क्रिनिङ हुँदै, उपस्थित भईदिन स्वास्थ्य प्रमुखको आग्रह


जेठ ०१, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा कोभिड -१९ का बिरामीहरु बढ्दै गएपछि स्थानीय तहले ‘मास स्क्रिनिङ’ थालेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका व्यक्तिहरु र कोभिड लक्षण देखिएका बिरामीहरुको पीसीआर परीक्षण गर्न थालेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा रहेका पाखापानी स्वास्थ्य चौकीमा र रांक स्वास्थ्य चौकीमा यहि जेठ ४ गते मंगलबार मास स्क्रिनिङ हुने भएको छ भने जिनाबाङ स्वास्थ्य चौकीमा र जिनाबाङकै कुकुरगारे आधारभूत स्वस्थ केन्द्रमा यहि जेठ ५ गते बुधबार मास स्क्रिनिङ हुने तयारि भैरहेको गाउँपालिका स्वास्थ्य प्रमुख त्रिभुवन घर्ति मगरले जानकारी दिएका छन् ।

उनले कोभिड लक्षण देखिएका सबै बिरामीहरुलाई नजिक रहेको स्वास्थ्य केन्द्रहरुमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

मास कन्टयाक ट्रेसिङ परिक्षणका लागि स्वाव संकलन गर्न स्थानीय सरकारको समन्वयमा जिल्ला स्वास्थ्य कार्यलय रोल्पाबाट २ जना प्रयोगशाला बिषयक स्वास्थ्यकर्मीहरु गाउँपालिकामा आउन लागेको स्वास्थ्य प्रमुख घर्तीले बताए ।

स्थानीय तहले कोभिड संक्रमितहरुको लागि अक्सिजन सहितको आइसोलेशन सेन्टर ब्यबस्थापन गरेको छ । हाल ३ वटा अक्सिजन सहित १० बेडको आइसोलेशन सेन्टर ब्यबस्थापन गरेको छ । उक्त आइसोलेशन सेन्टर सुकाओढारमा रहेको २ नम्बर वडा कार्यलयको हलमा निर्माण गरिएको छ ।

गंगादेवमा हालसम्म कोभिड पोजेटिभहरु ९८ जना भेटिएका छन् भने सबै १ सय २ जना व्यक्तिहरुमा पिसिआर परिक्षण गरिएको थियो ।

१ जेष्ठ २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको