विप्लव नेकपाले गर्यो बाजुरा कारागार भित्रै श्रद्धाञ्जली सभा

फाइल तस्बिर

बैशाख २, बाजुरा । नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले बाजुरा कारागार भित्रै श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ ।

बुधबार बाजुरा कारागारमा राजनीतिक बन्दी जीवन बिताइरहेका नेकपा निकट युवा संगठन नेपालका बाजुरा जिल्ला सदस्य अम्मलाल थापा ‘आशिष’का बुबा धनलाल थापाको निधन भएको तेह्रौ दिनमा श्रद्धाञ्जली कार्यकक्रम गरेको हो ।

थापा बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नंम्बर १ का स्थायी बासि हुन् । थापाको निधन चैत्र १९ गते ६८ बर्षको उमेरमा भएको थियो । थापाका ३ भाई छोरा मध्येका अम्मलाल कान्छा छोरा हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ले थापाका बुबाको निधनले आफुहरुलाई मर्माहत बनाएको बताए । उनले भने- ‘थापा कमरेडको बुबाको निधनले हामीलाई दुखी बनाएको छ, आम श्रमजीवीहरुका आवाज उठाउदा उठाउदै तपाइँ जेलमै करिव डेढ बर्षदेखि बन्दी जीवन बिताईरहनु भएको छ, तर आफ्नो बुबाको मुख पनि देख्न पाउनुभएन, राज्यले तपाई हामी माथि झुट्टा मुद्दा थोपरिदियो, यो भन्दा ठुलो अन्याय के हुनसक्छ ?’,

आदर्शले अम्मलाल सहित उहाँको परिवार, आफन्तहरुमा यस दुखको घडीमा शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान गरोस भन्ने कामना समेत गरेका थिए ।

यस्तै उनले आजै परेको नयाँ वर्षको दिनमा कैदीबन्दी, नेता-कार्यकर्ता तथा आम जनसमुदायलाई नयाँ बर्षको शुभकामना समेत व्यक्त गरेका छन् । देशै भरिका कारागारमध्य बाजुरा कारागारका बन्दीहरु एक भएकै कारण कारागारमा धेरै परिवर्तन आएको उनले बताए ।

आदर्शले विश्वभरिका क्रान्तिकारी कम्युनिष्टहरुको एजेन्डा जनतालाई राम्रोसंग बुझाउन आवश्यक रहेको बताए । उनले भने- ‘अहिले केहि देशबाहेक विश्वमा १/२ जना व्यक्तिले मात्र सत्ता संचालन गरेका छन्, अब त्यसको विकल्पमा आम जनतालाई सत्ताको साँचो सुम्पिन बैज्ञानिक समाजबादमा जानुको विकल्प छैन्, अब जनतालाई एकपटक निर्णय गर्ने अधिकार दिनुपर्छ।’,

एक अर्को फरक प्रसङ्गमा बोल्दै नेता आदर्शले कारागार भित्रैबाट पुर्व मेचीदेखि पशिचम महाकालीसम्म जोडिन लागेको राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी लोकमार्गमा लापरबाही भएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मदनभण्डारी लोकमार्ग रोल्पा लिवाङ-जिनाबाङ हुँदै सल्यानको मोख्ला जोडिने भनेर रातो कितावमा छापिएको र सोहीअनुसार फिजिविलिटि रिपोर्ट नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने- ‘रोल्पाको जिनाबाङबाट सिधै सल्ल्यानको मोख्ला पुर्याउनुपर्नेमा ६० किलोमिटर बङ्गाएर उत्तरतिरबाट फिजिविलिटि सर्वे गरिएको रिपोर्ट पाठाइएछ, यसमा जनतामाथि अन्याय गरिएको छ ।,’ लिवाङदेखि जिनाबाङसम्म ७१ किलोमिटर बाटो डिटेल सर्भे गरिएको र जिनाबाङबाट सल्यानको मोख्लासम्म १९ किलोमिटर मात्र रहेको छ । तर उत्तरतिरबाट बाटो लैजादा ६० किलोमिटर अन्तर बनाएको आदर्शको भनाई छ ।

‘प्रधानमन्त्री, राष्ट्रिय योजना आयोग, भौतिक पूर्वाधार मन्त्रालय, सडक बिभाग, सांसद र नेताहरुको काम के हो ? त्यत्रो ठुलो राष्ट्रिय महत्वको योजनामा लापरबाही किन भयो ? यसमा संम्बन्धीत निकाय किन मौन छ ? यसको जवाफ चाहियो? उनको प्रश्न थियो ।

उनले रास्ट्रीय गौरवका आयोजनामा लापरबाही भएकाले त्यस्ता गम्भीर लापरबाही गर्नेमाथि छानविन गरि आवश्यक कारवाही गर्न आग्रह गरेका छन् । उनले यस विषयमा सम्बन्धित निकायको समयमै ध्यान नजाने हो भने पुर्वदेखि पशिचम महाकालीसम्मका जनतालाई आघात पुग्ने र जनताले पाउने सेवा सुबिधाबाट बन्चित हुने बताए । उनले राष्ट्रिय गौरवका आयोजनामा लापरबाही हुनु दुखको कुरा भएको भन्दै समयमै सच्याउन आग्रहसमेत गरेका छन् ।

श्रद्धाञ्जली कार्यक्रमको संचालन गोरख राज गिरिले गरेका थिए भने कार्यक्रमको अध्यक्षता अम्मलाल थापा ‘आशिष’ले गरेका थिए । यस्तै अथितिहरु लक्ष्मण रावल, निरप रावल, ओपेन्द्र शिंह रहेका थिए भने स्वागत मन्तब्य डम्मर सुनार ‘पहाड’ले गरेका थिए । कार्यक्रमको समापन अम्मलाल थापा ‘आशिष’ले गरेका थिए ।

बक्ताहरु डबल नेपाली ‘दमन’, राजेश कुमार शाही ‘आकाश’, कृष्ण बिक ‘सुर्य’, नरेश शाही, शिशिर’, उदय कसेरा ‘उदय’ धर्मराज सुनार ‘धिरेन्द्र’ र धर्म बहादुर थापा ‘धनुष’ रहेका थिए ।

कार्यक्रममा बोल्ने सबै बक्ताले थापाको निधनमा दुख परेका उहाँको परिवार, आफन्तहरुमा दुखको घडीमा शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान गरोस भन्ने कामना गरेका थिए ।

२ बैशाख २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको