हिमशिखर जनजागरण युवा क्लवको भवन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


बैशाख २, रोल्पा । रोल्पा गंगादेव ७ मा रहेको हिमशिखर जनजागरण युवा क्लवले नयाँ बर्ष २०७८ को अवसरमा भवन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष बिर बहादुर खत्रीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

क्लवले करिब १५ लाख बराबरको ३ कोठे पक्कि भवन निर्माण गरेको छ । जसमध्ये ३ लाख गाउँपालिकाले, १ लाख वडापालिकाले सहयोग गरेको छ भने अरु सबै क्लवले लगानी गरेको छ ।

भवन उद्घाटन संगै क्लवले आफ्नो बार्षिकी क्यालेन्डर बिमोचन र वितरण गर्दै शुभकामना आदानप्रदान गरेको थियो । नयाँ बर्षको सुरुवात संगै क्लवले अक्षयकोषको स्थापना गरेको छ । कार्यक्रममा उपस्थित अतिथि र अन्य सहभागीहरुद्वारा ३० हजार धेरै रकम जम्मा भएको क्लवका अध्यक्ष लोकेन्द्र केसीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको थियो । गाउँपालिका उपाध्यक्षको विशिष्ट अतिथि रहेको थियो भने ७ नम्बर वडाध्यक्ष तुल बहादुर घर्ति ‘जीएम’, कार्यपालिका सदस्य चमेली घर्ति र टिका बिक, गाउँपालिका प्रेश संयोजक अशोक ओली उपस्थित रहेका थिए ।

त्यसैगरी विभिन्न पार्टीका प्रतिनिधिहरु नेकपा (माओबादी केन्द्र)का केन्द्रीय आयोजक समिति सदस्य सल्लाहकार विजय कुमार घर्ती, नेकपा एमाले जिल्ला कमिटि सदस्य रोशन ओली, नेपाली काँग्रेस गंगादेवका सभापति दिपेन्द्र बहादुर डाँगी अतिथि रहेका थिए । अन्य संस्था तथा क्लव प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

अतिथिहरुद्वारा शुभकामना मन्तब्य दिने कार्य भएको थियो । बीच-बीचमा स्थानीय आमा समूह र पैसरे समूहद्वारा झाँक्री र नृत्य प्रस्तुत गर्ने कार्य भएको थियो । हिमशिखर जनजागरण युवा क्लवको स्थापना २०६९ सालमा भएको थियो । स्थापना कालदेखि क्लवले विभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएको छ ।

 

२ बैशाख २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको