पोष्टपाटी काठमाडौ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको मध्यपुर्ब मोर्चाहरुले नेकपाका सचिवालय सदस्य धमेन्द्र बास्तोला लगायतको गिरफ्तारीको भत्सर्ना गरेका छन् । युएई, कतार र साउदी मोर्चाहरुले गिरफ्तारिको बिरोध जनाएका हुन् ।
नेपाली जनप्रगतिशील मोर्चा युएईका अध्यक्ष मनोज काउचा मगर र महासचिव अर्जुन खड्का, कतार मोर्चाका अध्यक्ष साजन गुरुङ र महासचिव बिबेक मल्ल, साउदी मोर्चाको अध्यक्ष कसम मगर र महासचिव टिकाराम ओली ‘सुरेस’ को हस्ताक्षर रहेको वक्तब्यमा बास्तोला लगायतका सम्पूर्ण राजनीतिक बन्दीहरुको रिहाईको माग गरिएको छ ।
पुरा बिज्ञप्ति
मिति: १४/०१/२०२१
प्रेस विज्ञप्ति
देश अहिले नितान्तै गम्भीर मोडमा गुज्रिरहेको छ । क्रान्ति र प्रतिक्रान्तिको बीच, नेपाली जनता र दलाल, फाँसीबादी सरकारको बिचमा आमनेसामनेको संघर्ष चलिरहेको छ । ओली सरकारले एकातिर संसद भंग गरेर एकलौटी अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको छ भने अर्कोतिर विश्वसर्बहारा बर्गको अग्रदस्ता नेकपाका नेताकार्यकर्तालाई धरपकडको सिलसिला शुरु गरिसकेको छ । ओली सरकारले ललितपुरको बागमती गाउँपालीकावाट नेकपाका सचिवालय सदस्य तथा विदेश बिभाग प्रमुख कमरेड धर्बेन्द्र बास्तोला ‘कंचन’ सहित कमरेड बिबेक कुमाल र कमरेड बिश्वासलाई गिरफ्तार गरेको घटना प्रति नेपाली जनप्रगतिशील मोर्चा य़ूएईको गम्भीर ध्यानाकर्षण भएको छ । यस कायरतापूर्ण कदमको चौतर्फी बिरोध सिर्जना गर्न आम परिवर्तनशिल नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौं । साथै गिरफ्तारीमा परेका आस्थाका मान्छेहरुलाई बिनासर्त रिहाइ गर्न ओली सरकारसंग नेपाली जनप्रगतिशील मोर्चा युएई जोडदार माग गर्दछ ।
मनोज काउचा मगर
अध्यक्ष, नेपाली प्रगतिशील मोर्चा, युएई
अर्जुन खड्का
महासचिव, नेपाली प्रगतिशील मोर्चा, युएई
मिति: १४/०१/२०२१
प्रेस बिज्ञप्ति
हामी यो कथित असफल भैसकेको दलाल संसदीय ब्यवस्थाको पुर्ण रुपमा अन्त्य गरि उत्पिडित र श्रमिक जनताको प्रत्यक्ष पहुँच भएको बैज्ञानिक समाजबाद स्थापना गर्न चाहान्छौं । यो ब्यबस्था प्राप्तिका लागि आम नेपाली जनताको पक्षमा जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार हुने कुरा स्पष्ट गर्न चाहान्छौं । नेपाली जनतालाई यो असफल भइसकेको दलाल संसदीय ब्यबस्थाको विभेदकारि नितिबाट सदाका लागि मुक्त गर्ने र राज्य सत्ता जनताको हातमा पुर्याोउने हाम्रो महान तथा जनताको लोक प्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय प्रवास ब्यूरो संगठन नेपाली जनप्रगतीशिल मोर्चा कतारले सबैमा स्पष्ट पार्दै आएको छ ।
यसै क्रममा हाम्रो गौरवशाली पार्टी नेकपाका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख कमरेड धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लगायत क. विवेक कुमाल, क. विस्वासलाई आज कथित खड्क ओलि बादल समुहको ठाडो निर्देशनमा ललितपुर र मकवानपुर सिमा क्षेत्रबाट बिनाकारण नेता कार्यकर्तालाई गिरफ्तार गरि झुट्टा मुद्दा लगाउने प्रपञ्च रचिरहेको प्रति हाम्रो प्रवास ब्यूरो संगठन नेपाली जनप्रगतीशिल मोर्चा कतारले लाचार महादलाल सरकार को गृहप्रशासनको निन्दनीय कार्य भएको ठहर गर्दै घोर आपत्ती प्रकट गरेको छ ।
साथै क.धर्मेन्द्र बास्तोला ‘कंचन’ लगायत गैरन्यायिक गिरफ्तार गरिएका सम्पुर्ण नेता कार्यकर्तालाई निशर्त रिहाइ गर्न हाम्रो गौरवशालि संगठन नेपाली जनप्रगतीशिल मोर्चा कतारले जोडदार माग गर्दछ । हामिले बेलाबेलामा भन्दै आएका छौं, कि कथित के पि सरकारले देशलाई जबर्जस्त युद्धमा धकेल्ने र तानाशाही शासन लाई बचाइ राख्ने कुचेस्टा गरिरहेको प्रति सम्पुर्ण आदरणीय बुद्धिजीवी, मानवअधिकारबादि, पत्रकार र आम नेपाली जनतालाई सचेत भइ आवाज उठाउन अपिल गर्छौ ।
क्रान्तिकारी अभिवादन सहित !
साजन गुरुङ
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, कतार
बिबेक मल्ल
महासचिव
नेपाली जनप्रगतिशील मोर्चा, कतार
महान तथा गौरवशाली पाटी नेपाल कम्युनिष्ट पाटी केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला क.कञ्चन लगायत ब्यूरो सदस्य क.कुमाल, क.विशाललाई पाटी कामको शिलशिलामा ललितपुरबाट सामाजिक फासिवादी सत्ताको गहिर न्यायीक गिरफ्तारको घोर भत्सर्ना गर्दछौं ।
दलाल फासीवादी सत्ताको दोधारे कार्यले केवल एकातिर वार्ताको हौवा देखाउनु अर्कोतिर नेता र कार्यकर्ता गिरफ्तार गर्ने कार्यले हाम्रो गौरवशाली संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदी अत्यन्तै आक्रोशित भएको छ। दलाल राज्यसत्ताको उत्त कार्यको भर्सणा गर्दै सम्पुर्ण नेता कार्यकर्ता यथासिघ्र रिहाईको जोरदार माग गर्दछौ। भारतीय सम्राज्यवादको खुलेयाम हस्तक्षेप दिनदाहै बढ्नु हाम्रो सगरमाथासम्म दाबी गर्नु एकातिर केपि, बादलको प्रत्यक्ष आदेशमा क्रान्तिकारीहरुलाई बिनाकारण गिरफ्तार गरेर झुटा मुद्धा लगाउनाले दुस्साहसले देशमा लेन्डुवको खतरा भएको छ ।
दलाल राज्यको उत्त कार्यको काउन्टर दिन अति आवश्यकता भएको ठहर गर्दै हाम्रो माओपार्टी नेपाल कम्युनिष्ट पार्टीले प्रभावसाली नेतासहितको गिरफ्तारी विरुद्ध चालेको सम्पुर्ण संघर्ष कार्यक्रममा ऐक्यबद्धता जनाउदै माघ १० गतेको नेपाल बन्दलाई सहयोग गर्न सम्पुर्ण आम नेपाली जनसमुदायलाई पनि हार्दिक अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादन ।
कसम मगर
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, साउदी
टिकाराम ओली ‘सुरेस’
महासचिव
नेपाली जनप्रगतिशील मोर्चा, साउदी
प्रतिक्रिया दिनुहोस