असोज २८, मलेशिया । रोल्पालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाको दोश्रो कार्यकालको अध्यक्षमा रोल्पा नगरपालिका ७ घापा घर भएका तेज कुमार बुढा निर्बाचित भएका छन् । १० अक्टोबर २०२१ आइतबारको दिममा सम्पन्न संस्थाको दोस्रो भर्चुअल अधिबेशनद्वारा २०२१-२३ अवधिकालागि नयाँ पदाधिकारीहरु चयन भएका हुन् ।
तेज कुमार बुढाको नेतृत्वमा २१ सदस्य र ५ जना बैकल्पिक सदस्य सहित २५ जना नव पदाधिकारीहरु चयन गरेको छ भने ९ जना सल्लाहकार समिति चयन गरेको छ । जसमा प्रमुख सल्लाहकार रुपधन घर्ति (रोल्पा नगरपालिका), सल्लाहकारहरुमा दिल मगर (थबाङ गाउपालिका), राज कुमार बुढा (रोल्पा नगरपालिका), पार्वती बुढा (रोल्पा नगरपालिका), राम प्रसाद पुन (रोल्पा नगरपालिका), तिर्थ केसी (माडी गाउपालिका), टिकाराम पुन (त्रिवेनी गाउपालिका), टनक जिसी (सुनिल स्मृति गाउपालिका) र अर्जुन घर्ति (सुनछ्हरी गाउपालिका) का रहेका छन । अन्य रिक्त पदकालागि आबस्यकता अनुसार कार्यसमितिद्वारा थपघट गर्ने निर्णय भएको संस्थाका निबर्तमान अध्यक्ष राज कुमार बुढा (सुगम) मगरले बताएका छ्न।
संस्थाको बरिष्ट उपाध्यक्षमा पुस्पकमल पुन मगर (लुङ्री गाउँ पालिका), महिला उपाध्यक्षमा रबिना घर्ति (परिवर्तन) निर्बाचित भएका छन् । त्यसैगरी संस्थाको सचिवमा पदम केसी (रोल्पा नगरपालिका), कोषाध्यक्षमा मोहन बाठा (माडी गाउँपालिका), सह-कोषाध्यक्षमा केदारसिङ डाँगी (गङादेब गाउपलिका) र प्रबक्तामा सुर्य बहादुर घर्ति (परिबर्तन गाउपालिका) निर्बाचित भएका छन् ।
अन्य सदस्यहरु बुद्दिमान घर्ति मगर (रोल्पा नगरपालिका), टेकमान चलाउने (रुन्दिगत), मनु मगर (सुनछहरी), अनिता घर्ति (माडी), भुपराज पुन (गङादेब), कृष्ण बहादुर घर्ति (माडी), देबेन्द्र पुन मगर (रोल्पा नगरपालिका), शान्ति दोसी (रोल्पा नगरपालिका ), देबलाल बुढा मगर (रोल्पा नगरपालिका), अर्जुन बुढा (त्रिवेणी), नरेश घर्ति (माडी),आशिस घर्ति (रोल्पा नगरपालिका) निर्बाचित भएका छन। बैकल्पिक सद्स्यमा रामु गिरि (रुन्टीगद), भरत डिसी (गङादेब), लाल कुमारी रोका मगर (थबाङ) र गैराज घर्ति (रोल्पा नगरपालिका) निर्बाचित भएका छन।
संस्थाको भर्चुअल महाधिवेशनको प्रमुख अतिथि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष सन्दिप थापा रहेका थिए भने बिशेष अतिथिमा एन आर एन मलेसियाका बरिष्ट उपाध्यक्ष हेमराज सापकोटा र नेपाली दुताबास मलेसियाका पर्तिनिधि तेक बहादुर बुढा रहेका थिए । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको केन्द्रिय सचिवालय सद्स्य ज्युहरु,सस्थाका विभिन्न देशका संयोजकहरु तथा सल्लाहकारहरु र मलेसिया स्थित विभिन्न संघ सँस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु र विभिन्न देशका संघ सँस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु अतिथ्यता रहेको थियो ।
निबर्तमान अध्यक्ष राज कुमार बुढा (सुगम)को सभापतित्वमा सम्पन्न अधिबेशनलाई निबर्तमान सचिब अर्जुन घर्तिले कार्यक्रम संचालक र सहजीकरण गरेका थिए भने सँस्थाका नब अध्यक्ष तेज कुमार बुढा द्वारा स्वागत मन्तब्य प्रस्तुत भएको थियो । निवर्तमान अध्यक्ष राज कुमार बुढा (सुगम)ले संस्थाको प्रतिबेदन प्रस्तुत गर्दै पहिलो कार्यकाल बिगठन गरेका थिए।
सँस्थाका सल्लाहकार रुपधन घर्तिको नेतृत्वमा रहेको निर्बाचन समितिले नयाँ पदाधिकारी चयनमा भूमिका निर्बाह गरेको थियो भने बन्द सत्रमा गरिएको निर्णयहरु सार्वजनिक गर्नको लागी सस्थाका केन्द्रिय सचिब वकिल पुनले नयाँ नब कार्यसमितिको नामवली घोषणा गरेका थिए ।
अधिबेशनमा उपस्थित सबै प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुद्वारा नबनिर्बाचित पदाधिकारीहरुलाई मन्तब्यद्वारा बधाई तथा शुभकामना दिएका थिए ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रिय सचिवालयको निर्णय अनुसार देश बिदेसमा रहेका सम्पूर्ण शाखाहरुको दोस्रो अधिबेशन सप्पन्न गर्ने निर्णय अनुसार विभिन्न देशमा रहेका शाखाहरुको अधिबेशनहरु चलिरहेको र निकट भबिस्यमै संस्थाको दोस्रो केन्द्रीय अधिबेशन गर्ने तयारि भैरहेको संस्थाका केन्द्रिय प्रबक्ता शेर बहादुर डाँगीले जानकारी गराएका छ्न।
प्रतिक्रिया दिनुहोस