साहुको ऋण तिर्न श्रीमतीसंगै कालापार गएका रोल्पाका गुरुङ अब कहिलै नफर्किने भए

पहिरोमा परि मृत्यु भएका खिमलाल गुरुङ

साउन ३०, रोल्पा । साहुको ऋण तिर्न भारत (कालापार) पुगेका रोल्पा गंगादेव ३ घोप्टेओढारका खिमलाल गुरुङ पहिरोमा परि मृत्यु भएको छ । गएको बुधबार (साउन २७) गते हिमाचल प्रदेशको किनौर निगलसरिमा पहिरो आउदा दुर्घटनामा परि मृत्यु भएको हो । उनि संगै अन्य नेपालीहरुको पनि मृत्यु भएको छ ।

खिमलाल गुरुङ गएको पुस २१ गते आफ्नो श्रीमती सहित साहुको ऋण तिर्न भनि हिमाचल प्रदेश पुगेका थिए । ३४ बर्षका गुरुङको एक छोरी र छोरा थिए । तिनै छोरा र छोरी अर्कैको घरमा छोडेर कालापार पुगेका थिए । श्रीमानको मृत्यु भएपछी श्रीमती अन्जु गुरुङ एक्लै घर फर्किने भएकी छिन ।

घरमा आफ्ना बाबा आमालाई पर्खेर बसिरहेका नाबालक छोरा छोरीहरु यतिखेर टुहुरा भएका छन् ।

कक्षा ३ मा पढ्ने छोराको साथ बाबा

कसरि घट्यो घटना ?

बुधबारको दिन थियो । आफु र श्रीमतीले कमाई गरेको केहि पैसा र साथीभाईहरुले कमाएको पैसा बोकेर रामपुर बजार हिडे । खास नेपालमा पैसा पठाउन आफुले कामगर्ने बैंक हिडेका थिए । किनोर नात्पाबाट बिहान करिव ९ बजे डेराबाट एक्लै हिडे ।

उनि संगैका साथीभाईहरु भन्दा अलिकेही टाँठोबाठो भएकोले पैसा पठाउन आफुलाई बैंक जान भनेपछि उनि त्यहाँबाट एकलै हिडे ।

रिकाङ पियोबाट रामपुर जाने गाडी आयो । खिमलाल साढे दश बजे भावनगरबाट गाडीमा चढे । त्यो बेलासम्म श्रीमती अन्जुसंग मोबाइलमा कुरा भएको थियो । उनले आफु गाडी चढेको जानकारी समेत दिएका थिए ।

गएको तिहारमा बहिनिले टिका लगाईदिंदै

उनी चढेको गाडी रामपुर तिर लाग्यो । गाडी ड्राइभरका अनुसार हिमाचलको निगलसरिमा आइपुग्य्यो । दिउसो करिव १२ बजे अगाडी सडकमा ढुङ्गा देखेपछी ड्राइभर बसबाट झरेर ढुंगा पन्छाउन लागे सोहि बेला धेरै माथिबाट आएको पहिरोले खिमलाल चढेको बस, एक वटा टिप्पर र दुईवटा कार पहिरोले लग्यो । ड्राइभर भने भागेर बाँच्न सफल भए ।

उनको शव खोज्न चारदिन लाग्यो । चार दिनपछी शनिबार शव भेटियो र उतै दांससंस्कार भएको छ ।

यसरी धन कमाउन कालापार गएका खिमलाल उतै रहे । अब श्रीमती एक्लै घर्फर्किने छिन । नावालक छोरी र छोरा अर्कैको घरमा छोडेर कालापार हिडेका थिए । अब बाबा कहिलै फर्किने छैनन् ।

अन्य नेपालीहरु मृत्यु 

अन्य नेपालीहरू पहिरोमा परि मृत्यु भएको छ । हाल सम्म करिव ७ जना नेपालीहरुको मृत्यु भएको खबर छ भने अझै धेरैको मृत्यु भएको आशंका गरिएको छ । नेपाली एकता समाज सम्बद्ध रेम बहादुर पुनले पोष्टपाटीसंग बताए ।

मृत्युहुने मध्ये ५ जनाको सनाखत भैसकेको छ भने अन्यको अझै सनाखत हुन बाँकी रहेको छ । मृत्यु हुनेहरुमा रोल्पा गंगादेव ३ घोप्टेओढारका खिमलाल गुरुङ रहेका छन् भने सल्यानको त्रीवेणी गाउँपालिका वडा नम्बर ३ टोट्के घर भएका सुरेश खत्री र जगत वलीको मृत्यु भएको छ भने रुकुमका २ जनाको मृत्यु भएको खबर छ ।

हेर्नुहोस दाहसंस्कार हुँदैको भिडियो

३० श्रावण २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको