मगर संसारको पहलमा सहयोग संकलन हुँदाहुँदै रिहाना पुनको निधन


बागलुङ जिल्ला गलकोट ११ का ९ बर्षीय रिहाना पुनमगरको निधन भएको छ । रिहानाको टाउकोमा टीउमर भएपछि उनलाई बचाउन मगर संसार ग्रुप भित्र सहयोगको अपिल गरिएको थियो । जसअनुसार ५६ हजार ५ सय तिन रुपैंया सहयोग पनि उठिसकेको थियो । संकलन भएको रकम मगर संसारले बिरामीको बैंक खातामा जम्मा गरिसकेको थियो । यो मगर संसारले हस्तान्तरण गरेको ७१ औ सहयोग हो । सहयोग संकलन गर्दागर्दै रिहाना पुनमगरको निधन भएपछी मगर संसारले सहयोग उठाउन स्थगित गरेको थियो ।

रिहानाको निधनको खबरले स्तब्ध भएको मगर संसार एडमिन परिवारले सहयोगी दाताहरुमा सधन्यबाद सहित मृतक रिहानाको चीर शान्तिको कामाना गरेको छ ।

रिहानाको उपचारमा सहयोग रकम पठाउनु हुने सहयोगी दाताहरु:
१) हिमाल मगर – पाल्पा रू.५,१११/-

२) कृष्ति थापा मगर – धरान ,सुनसरी रू.११,२९८/-

३) महात्मा हांग थुलूङ – सोलुखुम्बु हाल ktm रू.२,०००/-

४) सुनील थापा- पर्बत हाल कोरिया रू.५,०००/-

५) नेत्र ब.खपांगी मगर – उदयपुर हाल कोरिया रू.५,०००/-

६) परिमा मगर (धनकुटा ) र किरण मगर (पर्बत) हाल कोरिया रू.७,०००/-

७) गोबिन्द आले मगर – बारा हाल कोरिया रू
१,०००/-

८) डम्बर आले मगर – धनकुटा ,पाख्रीबास 4 ,हाल साउदी रू.३,१५०/-

९) प्रिया राना मगर – नवलपरासी, भूमहि रू.२,०००/-

१०) मनु थापा मगर – बागलूङ हाल जापान रू.५,२३१/-

११) लोक ब.पून मगर – पर्वत हाल कोरिया रू.५,०००/-

१२) खीमा पून मगर – पोखरा हाल जापान रू.४,७१३/-

 

३१ जेष्ठ २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको