थप ५३ जना कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर

जेठ ३१, काठमाडौँ । नेपालमा थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै सोमबार थप २ हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ३८ जनामा पिसिआर परीक्षण गरिएकोमा २०४९ पोजेटिभ देखिएको थियो भने ५३८१ को एन्टिजेन परीक्षण गरिएकोमा ८६९ मा पोजेटिभ देखिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोनाबाट निको भएका छन्।

३१ जेष्ठ २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको