देश बनाउनेहरु अक्सिजन आपूर्तिमा फेल भए रे
समृद्दिका भाषणहरु कोरोनामा बेखबर भए रे
जति जनता र देशले सास्ती पाउछ
त्यति नै सिंहदरबारका मुसा मोटाउन पाउँछन् रे
०७२ सालले हजारौं मार्दा दुखी नभएको देश
०५२ सालले हजारौं मार्दा शोक नभएको राजनिती
नाथे कोरोनाले जनता मार्दा राजनिती गर्दैछ रे
विदेशबाट युवाले गुहार माग्दा कान नसुन्ने बालुवाटार
कुर्सीको लडाइमा माओवाद ,भत्ताको खातिर चिच्याउदैछ रे
सेवासुविधा भत्ताको कारण आफन्त सबै पदमा छन् रे
५ सुरेको घरका सामन्ती बीरे नयाँ नेपालको राजनेता रे
झुपडीको काजीमान काका परिवर्तनको विरोधी अरे
आज काजीमानहरुले एम्बुलेन्स नपाएको कोरोना
बीरे,बिस्ने,गोकुलेहरुले मासुपार्टी चलाउदै छ रे
झोला बोक्थे सुरदास पन्डित अक्सिजन अभावमा मरिसके रे
सुरदासको शोकमा बालुवाटार दुईशब्द केही बोल्दैन रे
निशब्द बालुवाटार बेखबर सिंहदरबार जनता नेता खोज्दैछन रे
नेताको फोनमा घन्टी जान्छ फोन खै किन उठ्दैन रे
एम्बुलेन्स नपाउने जनताको फोन यतिबेला रिजेक्ट छ रे
अस्पतालको बेड पनि पावर र पहुँचमा बेचिन्छ छ रे !!
प्रतिक्रिया दिनुहोस