एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि


वैशाख १ काठमाडौं । प्रधामनमनत्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् ।

नयाँ वर्षका अवसरमा सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्वोधन गर्दै उनले सभामुखको नाम नलिइकन सापकाेटाले संविधान नमानेको आरोप लगाए ।

ओलीले भने, ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यसलाई संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि राेक्ने संवैधानिक अधिकार कसैसँग हुँदैन । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’

१ बैशाख २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको