नेपाली जनप्रगतिशिल मध्यपूर्ब गठन, संयोजकमा बेद बोहरा ।


पोष्टपाटी, साउदी ।
नेत्रबिक्रम चन्द “बिप्लव” नेतृत्व नेकपाको विदेश बिभाग अन्तर्गत नेपाली जनप्रगतिशिल मोर्चा, मध्यपूर्ब गठन भएको छ । २६ औं जनयुद्ध दिवसको अबसरमा बेद बोहराको संयोजकत्वमा मध्यपूर्ब मोर्चा गठन गरिएको हो ।

चार देशका मोर्चाहरुको संयुक्त भेलाले संयोजकमा बेद बोहरालाई चयन गरेको हो । बेद बोहरा नेपाली जनप्रगतिशिल मोर्चा कतारका बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । मोर्चा गठन हुने बित्तिकै बेद बोहराको हस्ताक्षर सहितको २६औं जनयुद्ध दिवसको शुभकामना बक्तब्य जारी गरिएको थियो ।

साउदी, कतार, कुवेत र युएई सहित चार देश रहनेगरी मध्यपूर्ब मोर्चा गठन गरिएको हो । ती देशहरुमा सन् २००७ देखि नै मोर्चाहरु गठन गरिएका थिए । ती मोर्चाहरुलाई जोड्ने एउटा बलियो संयन्त्रको आबस्यकता रहेकाले मध्यपूर्ब गठन गरिएको साउदी मोर्चाका अध्यक्ष कसम मगरले बताउनु भयो ।

मोर्चाले तिर्थ पाख्रीन, शमर खत्री र साजन गुरुङलाई सल्लाहकार समितिमा चयन गरेको छ । सल्लाहकार समितिको संयोजकमा तिर्थ पाख्रीन हुनुहुन्छ ।

२ फाल्गुन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको