खुल्ला मन्चबाट विप्लबको प्रश्न: एमसीसी रोज्नुहुन्छ कि देश ?


भदौ २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’ले एमसिसि रोज्नु हुन्छ कि देश भन्दै प्रश्न गरेका छन् ।

बिरोध सभालाई सम्बोधन गर्दै देशलाई बचाउन एमसीसीका बिरुद्द झिल्को बन्न आह्वान गरे । देशको स्वाभिमान बचाउन मेची देखि महाकालीसम्म, तराई देखि हिमालसम्मका मानिसहरु जुट्न आह्वान गरे ।

पानीको झरीमा जोस्सिदै गर्जिरहेका विप्लबले देशका दलालहरुलाई लखेट्ने उद्घोष समेत गरे । उनले भने ‘देशका दलालहरुलाई नलखेटेसम्म नेपालीहरुले सुख पाउने छैनन, त्यसैले यी दलालहरुलाई अब लखेटौ’।

मानब जातीको सबै भन्दा सभ्यता साम्यवाद नआउदा सम्म लडी रहने उनले बताएका छन् ।  यसको बिकल्प बैज्ञानिक समाजबाद रहेको दाबि गरे ।

 

२८ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको