नसामा रगत भएको मान्छे लड्नु पर्छ, अब एमसीसीका बिरुद्द लडौ : विप्लब


भदौ २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’ले एमसीसीका बिरुद्द लड्न आह्वान गरेका छन ।

एमसिसि बिरुद्द आज भएको काठमान्डौको बिरोध सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रप्रेमीहरु लड्नु पर्ने बेला आएको बताएका छन् ।

नसामा तातो रगत भएका मान्छेहरु लड्नु पर्छ, कायरहरु झुक्ने छन भन्दै, अमेरिकाले आफ्नो सुरक्षाकालागि प्रयोग हुने एमसीसी ध्वस्त पार्न लड्न आग्रह गरे । उनले एमसीसी नीति प्रयोग द्वारा नेपालका भूभागहरु आफ्नो अधिनमा लिने रणनीति अमेरिकाको रहेको दावी गरे । उनले भने ‘जव आफुलाई असुरक्षित हुनेछ तब सुरक्षाका लागि एमसीसी नीति प्रयोग गर्नेछ ।’

नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताए ।

 

 

२८ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको