‘विप्लब जी’लाई भन्छु, अब एकता गरौ – सिपि गजुरेल


भदौ २८, काठमाडौँ । नेकपा (क्रान्तिकारी) माओबादीका स्थायी कमिटी सदस्य नेता सिपि गजुरेलले आफुहरु विप्लब नेतृत्वको नेकपा संग एकता गर्न तयार रहेको बताएका छन । नेकपाले आयोजना गरेको एमसिसि बिरुद्दको बिरोध सभालाई सम्बोधन गर्ने क्रममा गजुरेले यस्तो बताएका हुन् ।

उनले सम्बोधनका क्रममा भने ‘म पछी विप्लब बोल्दै हुनुहुन्छ, उहाँले के भन्नु हुन्छ थाहा छैन तर म हाम्रो पार्टीको तर्फबाट भन्दै छु कि अब विप्लब लगायतका वामपन्थीहरुले एकता गर्नु पर्छ, यसका लागी विप्लब जीलाई एकता गरौ भन्छु ।

गजुरेलले यो व्यबस्थाको बिकल्प खोज्नु पर्ने पनि बताए । यो व्यवस्थाले देश समृद्धि नहुने बताउदै बिकल्प खोज्ने पर्नेमा जोड दिएका थिए ।

२८ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको