भ्रस्ट संसदीय चुनावमा होइन, बैज्ञानिक समाजबादका लागि जनमत संग्रहमा जाउ – प्रकाण्ड


भदौ २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सचिबालय सदस्य प्रकाण्डले अब भ्रस्ट संसदीय चुनावलाई खारेजी गर्दै बैज्ञानिक समाजबादी व्यवस्थाका लागि जनमत संग्रहमा जान दलहरुलाई आग्रह गरेका छन । दुई तिहाईको कम्युनिष्ट सरकारको असफलताले संसदीय ब्यबस्था फेल भैसकेको ठोकुवा गर्दै अब व्यबस्थाको बिकल्प खोज्नु पर्ने उनले बताए ।

संसदीय ब्यबस्था भ्रष्ट मात्र नभई नैतिक पतन समेत भैसकेको जिकिर गर्दै संसदीय व्यबस्थाको बिकल्पमा समाजबादी ब्यबस्थामा जानका लागि जनमत संग्रहमा जानु पर्ने बताए।

सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने षड्यन्त्र गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले त्यसका विरुद्ध आज भब्य बिरोध प्रदर्शन गरिरहेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रकाण्डले व्यबस्थाको बिकल्प खोज्न सबैलाई आह्वान गरेका हुन् । खुल्ला मन्चमा भैरहेको बिरोध कार्यक्रमलाई नेकपा सचिवालय सदस्य सुदर्शनले संचालन गरेका छन् ।

२८ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको