एमसीसी बिरुद्दमा नेकपा विप्लबको बृहत प्रदर्शन [फोटो फिचर]


भदौ २८, काठमाडौँ । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने षड्यन्त्र गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले त्यसका विरुद्ध आज भब्य बिरोध प्रदर्शन गरिरहेको छ ।

काठमान्डौका भिभिन्न ठाउँबाट निस्किएको नारा जुलुश  काठमाडौँको खुलामञ्च (सहिद मञ्च) स्थलमा आमसभामा परिणत भएको छ । चारैतिरबाट निस्किएको उक्त जुलुस सुन्धारा हुँदै खुलामञ्चमा प्रवेश गरेको हो ।

सभामा नेकपाका महासचिव विप्लवका साथै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (माले) का महासचिव सीपी मैनालीलगायत विभिन्न पार्टीका नेताहरूले सम्बोधन गर्दै छन ।

लैनचौर क्षेत्रबाट निस्कने जुलुसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले गरेका थिए भने त्रिपुरेश्वरतिरबाट निस्कने जुलुसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले गरेका थिए ।

बबरमहलतिरबाट निस्कने जुलुसको नेतृत्व अर्का सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले गरेका थिए । सुन्धारामा केन्द्रीय भएको मूल जुलुसको नेतृत्व नेकपाका महासचवि विप्लवले गरेका थिए ।

कार्यक्रमको संचालन नेकपा सचिवालय सदस्य सुदर्शनले गरिरहेका छन् । यतिखेर सचिवालय सदस्य प्रकाण्डले सम्बोधन गरिरहेका छन् ।

हेर्नुहोस झलकहरु  :

२८ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको