बोको ‘प्रश्न :२’


मैले सोधे : बोको भाइ किन जुदेको ?
तिम्रो दशैँ नजिक आउदै छ।
उसले सोध्यो : ताईनातुई किन लडेको ?
तिम्रो दशा नजिक आउदै छ।

मैले सोधे : तिम्रो हारजीतको के अर्थ ?
सधैँ अर्थहीन भाले जुदाई ;
उसले सोध्यो : तिम्रो राजनीतिको के अर्थ ?
सधैँ कुर्चीको लडाई ;

मैले सोधे : तिमी भोगी हो ?
बाख्री देख्यो कि रोगी हुने ;
उसले सोध्यो : तिमी दोंगी हो ?
रातमा भोगी दिनमा जोगी हुने ;

मैले सोधे : तिमी बदमास हो ?
गास पुग्दा नि टाउको जुदाउने ;
उसले सोध्यो : तिमी दास हो ?
जी हजुरीमा ताली पडकाउने ;

मैले भने : तिमी मान्छेको गास न हो ;
जो जसको सिङ्ग बाचेनी।
उसले भन्यो :तिमी जिउदो लास न हो ;
जो जसको रिङ्गमा नाचेनी।

के हामी दुवै उस्तई हो ?
बोको भन्दा म कहिँ कम छैन ;
प्रश्नका उत्तर दिने नैतीक धम छैन।

  • याङो श्रो मगर
३१ चैत्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको