नेपाली मौलिक मगर चलचित्र ‘गाउला’ युट्युबमा सार्वजनिक


पोष्टपाटी, रुकुम पूर्ब ।
नेपाली मौलिक चलचित्र “गाउला” युट्युबमा सार्वजनिक भएको छ । कलाकार तथा निर्माता रुपलाल बुढा मगरको अफिसियल युट्युब च्यानल Ruplal Mgr बाट चलचित्रको सार्बजनिक गरिएको हो । अभिनयमा राम्रो छबी समेत बनाएका यस चलचित्रका निर्माता समेत रहेका रुपलाल बुढामगर आफैले यो चलचित्रको कथा लेखेका थिए । यस चलचित्र मा खास गरी १८ औं मगर समुदाय भित्र पूर्खौली पेशा भेडा पालन सम्बन्धीको विषय वस्तुमा रहेर डको ड्रामाको कथा र बेसमा रहेर निर्माण गरिनुपर्छ भन्ने हेतुले छायांकन गरीएको भएपनि यसलाई चलचित्रकै नाम दिनुपर्छ भनि निर्माण टिमको सल्लाह पश्चात गाउला चलचित्र नाम दिईएको हो । यस चलचित्र पूर्वी रुकुमको बुकी पाटनहरु, बाग्लुङ, काठ्माण्डौ, कीर्तीपूर र भक्तपूर ईत्यादि स्थलहरुमा छायांकन गरीएको छ । मगर समुदायको भित्रि पाटोलाई अध्ययन गर्न रुचाउनेहरुको लागि पनि यो चलचित्र खुराक बन्न सक्छ ।

बिवेश बुदा मगरको निर्देशन रहेको यस चलचित्र रुकुम पूर्व, रुकुम पश्चिम, बाग्लुङ, काठमाण्डौ उपत्यकाको ३ जिल्ला भित्र छायाँकन गरिएको थियो ।

यो चलचित्र नेपाल आदिवासी चलचित्रको इतिहासमा Full HD मा छायाँकन गरीएको पहिलो चलचित्र हो । यस चलचित्रले MFA, TITV, NIIF, NEFTA Hong Kong को अवार्ड समेत जितेको थियो । यस चलचित्रको युके, अमेरिका, बेल्जियम, पोर्चुगल, दक्षिण कोरिया र जापानमा च्यारिटी शो मार्फत प्रदर्शन गरिएको थियो ।

चलचित्रको छायाँकन सन्तोष पिठाकोटे मगरले गरेका थिए भने सह निर्माता अनिल बुढा मगरले गरेका थिए । यस चलचित्रको गित, सँगीत र कोरीयोग्राफ नारायण बुढा मगरले गरेका थिए भने गित कुष्मिता दर्लामी र बिवेश मगरको रहेको थियो ।

चलचित्रमा रुपलाल बुढा मगर, जुनु बुढा मगर, नारायण बुढा मगर, लक्षमण बुढा ‘मार्के’ मगर, तमति गर्बुजा मगर, अनिल बुढा मगर, लक्ष्मी बुढा मगर, नेहा पुन मगर, बिरजंग बुढा मगरको रहेको छ । यो चलचित्रमा पोखरामा हत्या गरिएकी नेहा पुनको पनि अभिनय रहेको छ ।

 

२९ फाल्गुन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको