बिप्लव ने.क.पा. रोल्पाको बैठक सम्पन्न


फागुन २९, रोल्पा । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी रोल्पाको बैठक सम्पन्न भएको छ । प्रतिबन्ध फुकुवापछिको पहिलो बैठक शुक्रबार (फागुन २८) सम्पन्न भएको हो ।

त्रिबेणी गाउँपालिका जुँगारमा सम्पन्न बैठकमा नेकपा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाँठा ‘सुबास’ प्रमुख अतिथी, ने.क.पा. रोल्पा जिल्ला इन्चार्ज दिनेश चन्द ‘मानव’ बिशिस्ट अतिथी र ने.क.पा. रोल्पाका पार्टी सल्लाहकार लाल बहादुर वली ‘बिश्व’ अतिथी रहेका थिए ।

रोल्पा जिल्ला सेक्रेटरी शोभाराम रानाद्वारा संचालन गरिएको बैठकले पार्टीका नीति तथा कार्यक्रमहरु जनस्तर सम्म लैजाने निर्णय गरेको छ । प्रत्येक गाउँपालिकामा पार्टी प्रशिक्षण, भेला गर्दै संगठन सुदृढीकरण तथा बिस्तार गर्ने र विभिन्न जनबर्गिय संगठनहरुको भेला तथा सम्मेलन गर्ने सेक्रेटरी रानाले पोष्टपाटीसंग बताए ।

बैठकका प्रमुख अतिथी सुबासले बर्तमान राजनीतिक घटनाक्रमबारे प्रशिक्षण दिंदै पार्टीका नीति तथा कार्यक्रमहरुलाई गाउँस्तर सम्म लैजान निर्देशन दिएका थिए ।

बैठक प्रारम्भ हुनुअघी निवर्तमान जिल्ला सेक्रेटरी दिनेश चन्द ‘मानव’ले वर्तमान जिल्ला सेक्रेटरी शोभाराम रानालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

२९ फाल्गुन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको