बाजुराको जेलभित्रै बन्दीहरुले जनयुद्द दिबश मनाए


फाल्गुन १, बाजुरा । बाजुरा कारागारमा रहेका आश्थाका बन्दीहरुले २६ औं जनयुद्द दिवश भव्यताका साथ मनाएका छन । धर्मराज सुनार ‘धिरेन्द्र’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि चुडामणि वली ‘आदर्श’ रहेका थिए भने अतिथिहरुमा गोर्ख राज गिरि, निरप रावत, धुर्ब बहादुर थापा रहेका थिए ।

कार्यक्रमको संचालन अम्मलाल थापा ‘आशिष’ले गरेका थिए भने राजेश कुमार शाही ‘आकाश’ले स्वागत मन्तब्य दिएका थिए।

कार्यक्रम १ मिनेट मौनधारणबाट सुरु भएको थियो ।

प्रमुख अतिथि आदर्शले जनयुद्द दिबशको उपलक्ष्यमा शहिद परिवार, अपांग तथा घाइतेहरु, पार्टीका नेता तथा कार्यकर्ताहरु, पुर्व जनमुक्ति सेनाहरु, कारागार भित्र जेलजीवन बिताई रहेका आश्थाका बन्दीहरु र विश्व सर्बहारा बर्ग तथा आम नेपाली जनसमुदायलाई शुभकामना व्यक्त गरेका थिए ।

एकीकृत क्रान्तिमा लामबद्द नेता तथा कार्यकर्तालाई कहिँ कतै बिचलित नभई निडर रहन समेत शुभकामना दिएका थिए ।

प्रतिगमनका बिरुद्द भर्खरै गठित ४ वटा पार्टीको रणनैतिक सयुक्त मोर्चालाई बधाई तथा शुभकामना व्यक्त गर्दै पुरानो व्यबस्थाको बिरुद्द निर्मम संघर्ष गर्न शुभेच्छा प्रकट गरेका थिए । नेता आदर्शले जेलभित्रैबाट अन्य पार्टीका देशभक्त तथा क्रान्तिकारी साथीहरुलाई बैज्ञानिक समाजबादका लागि एकीकृत क्रान्तिमा आबद्द हुन अपिल समेत गरेका थिए ।

पछिल्ला राजनतिक घटनाक्रमहरुले बैज्ञानिक समाजबादका लागि एकीकृत क्रान्तिको आबस्यकतालाई पुष्टि गरेको बताउदै पुरानो संसदीय ब्यबस्था र बैज्ञानिक समाजबाद बिच जनमत संग्रहको आबस्यकता भएको महसुस गरेका थिए ।

संसदीय ब्यबस्थाभित्र सबैको न्याय र आश्थाको केन्द्र मानियको न्याय प्रणाली सबै भन्दा भ्रष्ट भएको आरोप लगाएका थिए । उनले भने ‘हाम्रा अदालतहरु पैसामा बार्गेनिङ गर्दै छन् । यति सम्म भ्रष्ट सुत्खोरी भएका छन कि मुद्दाहरुको चांग लगाएर पैसामा वार्गेनिङ गर्दै पुराना फाईलहरुलाई थाँती राखेर जसले पैसा दियो त्यसैको मुद्दाको फाईल अघि सारिदिने घृणित कार्य अदालत भित्र भैरहेको छ । पैसाको मोलतोलमा ठुला ठुला अपराधीहरुलाई मुक्त गर्ने र राजनीतिक बन्दीहरुलाई झुठ्ठा मुद्दा भिराएर अनाबस्यक सताउने कार्य भैरहेको छ ।

नेता आदर्शले भने ‘हातहतियार खरखजना ओसारपसार किनबेच गर्नेहरुलाई बनाइएको कानुनलाई संगठित अपराध कसुर भन्दै अहिले आएर देशका विभिन्न ठाउँमा रहेका राजनीतिक नेता कार्यकर्तालाई लगाउदै डर धम्कि दिंदै त्रासको बातावरण बनाएर २५ बर्षे सजाएको धम्कि दिरहेका छन् भने डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अपहरण सम्बन्धि कानुन ल्याई १५ बर्षसम सजाय गर्ने ब्यबस्था बनाए, त्यो अहिले आएर विभिन्न बहानामा क्रान्तिकारीहरुलाई निम्ट्यान्न पार्ने उदेश्यमा प्रयोग गर्दै छन् र हातहतियार खरखजना राज्यले आफै ब्यबस्थापन गरि हाम्रा नेता कार्यकर्ताहरुलाई झुठ्ठा झुट्टा मुद्दा लगाई रहेका छन् ।‘

रगतको खोलो बगाएर राजतन्त्रलाई जनताले हटाए तर गणतन्त्रका लागि योगदान दिनेहरुलाई केपी प्रचण्डले आग्रह-पुर्बाह्ग्रह राख्दै राजनतिक दलमाथि प्रतिबन्द लगाए । प्रतिबन्दले यो ब्यबस्था र ति लिडरहरुलाई नै सिध्याउने स्पस्ट भएको नेता ओलीले बताए ।

राष्ट्रिय राजनीतिको विश्लेषण गर्दै १० बर्षे जनयुद्द र ०६२/०६३ को जनआन्दोलनपछी १२ बुंदे समझदारीको आडमा कांग्रेस र एमालेले धोका दिँदा त्यसको प्रत्यक्ष सिकार अहिले प्रचण्ड बनेको गम्भीर आरोप लगाए । जनमुक्ति सेना र हातहतियार बुझाएर पार्टी बिसर्जनगरि संसदीय ब्यबस्थामा आत्मसमर्पण गरेको बताउदै, प्रचण्ड बिचलित भएर संसदीय ब्यबस्थामै फर्किंदा त्यसकै परिणाम आज पुन: सडकमा पुग्नुपर्ने हबिगत भोगिरहेको उनको निष्कर्ष थियो ।

अहिले नेपालमा दूईतिहाई भनिएको कम्युनिष्टको संसदीय ब्यबस्था नै असफल भएपछी आफुलाई कम्युनिष्ट भन्नेहरु सखाप भएको दावी समेत गरे । असफल व्यबस्थाको बुइ चढेर अदालत देखि स्थानीय तहहरु भ्रष्टको थलो बनेको ओलीले बताए ।

कार्यक्रमको बिचमा क्रान्तिकारी गित र गजलहरु प्रस्तुत भएका थिए । जसमा नरेश शाहीले गित र राजेश शाहीले गजल प्रस्तुत गरेका थिए । कार्यक्रममै चियापान समारोह पनि सम्पन्न भएको थियो भने सबै अतिथिहरुले मन्तब्य राख्ने कार्य भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चुडामणि वली ‘आदर्श’, अतिथिहरु गोरखराज गिरि, निरप रावत, धुर्व बहादुर थापा, कृष्ण बिक ‘सुर्य’, धर्म बहादुर थापा ‘धनुष’, डबल नेपाली ‘दमन’, नरेश शाही ‘सिसिर’, उदय कसेरा ‘उदय’ लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

२६ औँ जनयुद्द दिबश फाल्गुन १ गते शनिबार सम्पन्न भएको थियो । कार्यक्रमको आयोजक नेपाल कम्युनिष्ट पार्टी कारागार शाखा बाजुराले गरेको थियो । सभापति राजेश कुमार शाही ‘आकाश’ द्वारा कार्यक्रमको समापन भएको थियो ।

१ फाल्गुन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको