फाल्गुन १, रोल्पा । जनयुद्दको स्मरण गराउन ‘गोली लाग्यो नी’ प्रगतिशील भिडियो म्युजिक सार्बजानिक भएको छ । जनयुद्दका कलाकार महेश आरोहीको प्रस्तुति रहेको गित २६औँ जनयुद्द दिवशको अवसरपारि रिलिज भएको हो ।
गीतको शब्द र संगीत महेश आरोहीको रहेको छ भने जनयुद्दकै कलाकार निता पुन मगर ‘रेजिना’ र आईएमई लोक स्टार उपविजेता रामकुमार नेपालीको आवाज रहेको छ । गायिका निता पुन मगरले शब्द र संगीतमा सहयोग गरेकी छिन ।
प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितलाई विवि अनुरागीले एरेन्ज गरेका छन् भने सुकुराम रसाइलीको मिक्सिङ रहेको छ ।
१० बर्षे जनयुद्दको भिषण लडाईलाई स्मरण गराउदै शहिद तथा घाइतेहरुमा समर्पित प्रगतिशील गितले एकपटक फेरी जनयुद्दको मर्मलाई उल्झाएको छ । युद्द प्रेमको भावनालाई ओकलेको छ भने युद्दको लडाईमा बिछोड भएका घाइते प्रेमिकाको कथालाई उजागर गरेको छ ।
रोल्पा मिरुल घर भएका महेश आरोही जनयुद्दमा होमिएका जनबादी कलाकार हुन् । उनको म्युजिक भिडियोमा युद्दको बास्तबिक भोगाई दृश्यमा चित्रण गरिएको छ ।
ममता खड्का, अमरजित पुन, डम्मर बुढा, प्रकाश पुन, निशा घर्ती र नवीन डि सी लगायतको अभिनय रहेकाे छ। अधिकांस कलाकारहरु १० बर्षे जनयुद्दमा सहभागी थिए ।
विशाल रोकाले भिडियो छायांकन गरेका हुन् । कलाकार सुदन थापाको परिकल्पना तथा निर्देशनमा तयार भएकाेे भिडियोकाे सम्पादन सन्देस शाहले गरेेेेका छन् । जनयुद्दको स्मरण गरेको म्युजिक भिडियो मगर टिभी युटुब च्यानलबाट सार्बजानिक भएको छ ।
हेर्नुहोस भिडियो
प्रतिक्रिया दिनुहोस