मौसममा बदली, कहाँ के हुन्छ ?

फाइल तस्बीर

भदौ २७, काठमाडौँ । नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षा भने कायमै रहनेछ ।

महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू-भागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।

आज दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र २७ गते (आइतबार)

दिउँसो: देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आँशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २८ गते (सोमबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २९ गते (मगलबार)

दिउँसो: देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

२७ भाद्र २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको