रात झमक्क थियो शक्तिको हुङ्कार गर्दै
मच्ची मच्ची अन्धबेग हाम्रो गाउँमा बस्ती
आँधी हुरी चलिरहेको थियो ।
अझै रोइरहेछ हाम्रो गाउबस्ती।
फूल्ने बेलाको कति कोपिलाहरु तहस नहस भए
फूली सकेका कयौँ फूलहरु सुभाष छर्नबाट बन्चित भएका थिए।
अझै रोइरहेछ हाम्रो गाउबस्ती।
यो अन्धबेग आँधी यसरी चल्दथ्यो ।
जहाँ जान्थ्यो मृत्युको नाँच नाच्दथ्यो ।
कतै सँरक्षणका छानाहरु ऊडाएर लग्यो
अनाथको सडक भरी छरी दिएको थियो ।
कतै आत्मासम्मानको पर्खाल भत्काएर
थाक थलो नै अस्त ब्यस्त थियो ।
अझै रोइरहेछ हाम्रो गाउबस्ती।
भोकको छाप्रो मर्महात त्यसै जताततै
त्यो आँधी हाहाकार र चित्कार छर्दै जान्थ्यो,
घरि सडक भएर गाउँ पस्दथ्यो, अनि शहर
गल्ली हुँदै बगेको यो दशक आँधीले कसलाई छोड्यो।
अझै रोइरहेछ हाम्रो गाउबस्ती।
मध्यान्हमा पनि सफा निलो आकाशलाई
त्रासदीपूर्ण तुवाँलोले ढाकेको थियो ।
अन्तत निराश हतास निरुत्साहित प्राणीहरुको लागि
धर्तीमा एउटा उज्यालो किरण फैलियो
सबै खुशीले रमायो, नाच्यो तर…उफास
चाहानाको बिहानी त अझै रोईरहेकै रहेछ हाम्रो गाउँ बस्ती।
अझै रोइरहेछ हाम्रो गाउबस्ती।
प्रतिक्रिया दिनुहोस