हिजो जस्तै,
बिहानै सूर्य उदायो।
दिनहरु निरंतर बितिरहे
घाम र जुन बनेर !
समय घुमिनै रह्यो
आफ्नै रफ्तारमा।
तर,
लेखेर गयो केहि नया इतिहास
र मेटिदियो पुरानाहरुलाई ।
भारी भयर थिचियो मन
जहां भकानो छोड़ेर
रोहि रहेछ मेरो देश
कम्पन र पराकम्पनको अंक गडितमा
झन झन कमजोर हुदैछ।
चर्किएका मेरा बिश्वाशहरु
भतकियका मेरा आस्थाहरु
मुजुल्का नउठाइ सनाख़त गरीदिन्छु म।
ऐठन हुन्छ मलाई,
भूमण्डलको अर्को कुनामा उछिटिएको “म”
गनि रहेछु आफ्नाका लाशहरु
पुस्न सक्दिन अबिरल बगी रहेका आशुहरु
सक्दिन थामनलाई कापेका हातहरु
घुट्टन बड़दछ यहाँ
जब आफ्नाहरु पराई हुन्छन
पराईहरु आफ्ना बनेर हातेमालो गर्छन
भुलेर रंग अनि माटो
खनि रहेछन थुप्रीएका भग्नाबसेसहरु
आशाको झीनो डोरीमा बाधिएर
चलि रहेका होलान कति जीवनहरु माटो मुनि।
जीवन गरिरहेछ संगर्ष
खुल्ला आकाश मुनि बसेर पनि
अर्ध निन्द्रा निदाएर
खाएर आधा पेट
मेटेर आधा भोक
सुमसुमाइ रहेछन आफ्ना जस्तै घाऊहरु
लाखौ लाखौका।
अनिश्चितता बोकेर छाती भरी
लागी रहेछन बीर बहादुरहरु
सम्हालनालाई चर्किएको देश
बनाउनलाई भत्किएका घरहरु।
यि कम्पनहरुले
सुनधारा मात्र ढलाएन
ढलायो गगन छुने महलहरु
गाउँ मात्र रुवाएन
रूवायो सहरका बस्तिहरु
लग्यो हजारौ सपनाहरु
खोसिदियो साहारा कत्तिका।
संग सँगै सिकाएर गयो
जिन्दगीको छेड़भग्गुरता
प्रकर्तिको सक्ति
र
चीनायर गयो
मर्दाका मलामीहरु
देश हाँकने हरामीहरु !
प्रतिक्रिया दिनुहोस