जेठ २९, दाङ । अज्ञात समूहले दाङको लमहीमा मध्यरातमा नौं वटा सवारी साधनहरुमा तोडफोड गरेको छ ।
लमहीको बिभिन्न स्थानमा पार्किङ गरी राखेका ती सवारी साधनमाथि इँट्टा र ढुंगा प्रहार गरी तोडफोड भएको प्रहरीले जनाएको छ ।
लमहीस्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले तोडफोड गरी पूर्णरुपमा क्षति पु¥याएको छ । यसैगरी सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा आंशिक क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले बताएको छ ।
राति १२ बजेपछि ती सवारी साधानमा अज्ञात समुहले तोडफोड गरेको अनुमान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।
प्रहरीलाई बिहान साढे ६ बजेतिर मात्रै गाडीमाथि भएको तोडफोडबारे सूचना आएको र त्यसपछि आफु घटनास्थलमा पुगेर त्यसबारे अनुसन्धान सुरु गरेको पौडेलले बताए ।
मध्यरातमा स्कुटरमा आएका दूई जना युवाले ती गाडीहरुमा तोडफोड गरेको सुराक मिलेको र त्यही अनुसार अनुसन्धान सुरु भएको उनले बताए ।
सिसी टिभीका फूटेजहरु हेरेर दोषीको पहिचान गरि कारबाही हुने प्रहरी निरिक्षक पौडेलले जानकारी दिए ।
तस्बिर: प्रिया स्मृती गजमेर
प्रतिक्रिया दिनुहोस