हो “बोल्न पाइन्छ”
हामीले लडेर ल्याएको व्यवस्थामा
बोल्न पाइन्छ!
डियर “कुमारी दिदी” तपाइँले भने जस्तै बोल्न पाइन्छ, तर के-के बोल्न पाइन्छ? के-के बोल्न पाइदैन?
नेपालको संविधान २०७२ धारा ५८ रास्ट्रपति वा संसदलाई धम्की दिन नहुने: भनी गरिएको व्यवस्था यश प्रकार रहेको छ:-
“खण्ड (१) कसैले नेपालको रास्ट्रपति तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बन्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरि वा नगरी कुनै किसिमको धम्की दिन, वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन हुदैन”।
डियर कुमारी दिदी’
संविधानमा गरिएको प्रावधान विरुद्ध त तपाईं पो देखिनु भयो ! संविधान भन्दा बाहिर गएर क्रिया गर्ने तपाइँले रास्ट्रपति विरुद्ध संविधान सम्बन्धि प्रतिक्रिया दिने तपाइको कस्तो नैतिक आधार हो ? तपाइँ चै बडा माहारानी भएर बोल्न पाइने यो कस्तो खालको संविधान रक्षा भयो ? राजनीतिक रुपमा जस्तो असहमती भएपनी असहमति प्रकट गर्दा मर्यादाको पालना त तपाइँबाट पनि भएन नि ?
एउटा पुरुष सङ्ग जोडेर
एउटी महिलाको अस्मिता माथी बोल्न पाइने हो ?
एउटी महिलालाइ कुनै एक पुरुषको घर
बालकोट मै गएर बस भन्दै बोल्न पाइने हो ?
सनातन सभ्यताको एउटा संस्कृति र एकल महिलाको अस्मिता संग जोडिएको तथा बिधवा भएको अवस्थामा लगाइने “सेतो सारी” को अपमानमा बोल्न पाइने हो?
यदि बोल्न पाइने हो भने अबबाट म पनि खोल्न पाइन्छ भन्दै बोल्छु,
“खोल्न पाइन्छ”,
हो खोल्न पाइन्छ,
पुरुषको पाएन्ट खोल्न पाइन्छ, महिलाको सारी बुलाउज खोल्न पाइन्छ, “कट्टु र ब्रा” पनि खोल्न पाइन्छ र नाङ्गै सडकमा हिड्न पाइन्छ, ‘कुमारी दिदी’ तपाईं पनि प्रचण्ड-माधवको घरमा पालैपिलो गरि बस्न गए हुन्छ, तपाईंले पनि एकदिन बिधवा भएर सेतो सारी लगाउदा तपाइले जस्तै गरि तपाइको सेतो सारी प्रती मैले बोल्न पाउछु? के यसरी साच्चै बोल्न पाइन्छ?
यदि पाइदैन भने “बोल्न पाइदैन” हो बोल्न पाइदैन,
देशको महिला रास्ट्रपतिलाई देशको पुरुष प्रधानमन्त्रीको घरमै गएर बस भन्दै बोल्न पाइदैन, बिधवा भएको अवस्थाको “सेतो सारी” प्रती जथाभावी बोल्न पाइदैन ।
‘कुमारी दिदी’ अभिव्यक्ति स्वतन्त्रताको पनि त कुनै सिमारेखा हुन्छ होला, के बोल्ने के नबोल्ने मानिसमा सभ्यताको चेतना पनि हुन्छ होला, नहुने भए र बोल्न पाइने नै भए अथाह अश्लील शब्दका कुराहरु प्रसस्त छन्, के ती सबै अश्लील कुराहरु वा “व्यक्तिगत चरित्रमाथी यौनिक अर्थ लाग्ने” बोलिहरु तपाईं विरुद्ध बोल्न पाइन्छ त ?
पाइन्छ भने बताइदिनुस, म जस्तो अश्लिल र भल्गर केटा सायद अरु कम होलान् , मस्त तपाइँको चरित्र विरुद्ध बमबारी गर्छु, होइन भने तपाईं चुप लाग्नुस ! कुमारी दिदी तपाईं चुप लाग्नुस !
तपाईं बोल्नुस, राजनीतिमा सहमती र असहमती राख्न बोल्न पाइन्छ, तर ती सहमती र असहमतीका तर्कहरु वा बोलिने बोलिहरु राजनीतिक नै हुनुपर्छ यश मानेमा तपाइले बोल्न पाउनुहुन्छ! राजनीतिक रुपमा सहमती वा असहमती व्यक्त गर्दा व्यक्तिको चरित्र, व्यक्तिको लैंगिक्ता प्रती आक्षेप लगाउदै बोलिने बोलिहरु कदापी राजनीतिक हुन सक्दैन!
व्यवस्था प्रतिको राजनीतिक समस्यामा व्यक्तिको चरित्र र लैंगिक्ता माथी तपाइले गर्नुभएको भद्दा टिप्पणी अत्यन्त निन्दनीय छ ।
हामिले अवलम्बन गरेको राजनीतिक व्यवस्था भनेको सेरोमोनियल रास्ट्रपति र संसदीय कार्यकारी प्रणाली हो, यस्तो व्यवस्था रहेको शासकीय स्वरुपमा देशमा निम्तने कुनैपनी राजनीतिक घटनाको जिम्मेवार रास्ट्रपति कसरी हुन्सक्छ? यदि जिम्मेवार हुन सक्दछ भने पनि व्यक्तिगत चरित्र वा यौनिक चरीत्र र लैंगिक्ताको सवाल कहाँबाट र कसरी आयो ?
यो व्यवस्थामा सम्पुर्ण जिम्मेवारी प्रधानमन्त्री वा मन्त्री परिषदमा रहेको हुन्छ र रास्ट्रपतिको एक मात्र कार्य भनेको ल्याप्चे लगाउने बाहेक अरु केही हुदैन भन्ने कुरा तपाइलाइ राम्रै हेक्का भएको हुनुपर्छ ! त्यसैले पनि यो व्यवस्था मै समस्या आउन सक्दछ भनेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अप्नाऔं भन्दा त्यतिखेर मुखमा टेप टासेर बस्नुभयो अहिले महिला रास्ट्रपति र पुरुष प्रधानमन्त्री प्रती घिन लाग्दो यौनिक अर्थ लाग्ने भाषण गर्दै गर्दा तपाइँलाई किन लाज सरम नलागेको डियर कुमारी दिदी?
देश तथा विश्व कोरोना-कोभिड-१९ ले पिडित भैरहेको अवस्थामा थियो त्यही नै बेला तपाइँहरुलाइ प्रधानमन्त्रीको राजिनामा किन चाहियो ? त्यही नै बेला केपि ओलिले पार्टीको अध्यक्ष पद किन छाड्नु पर्यो ? के केपि ओलिको ठाउमा प्रचण्ड वा माधव वा झलनाथ आउदा चमत्कार नै हुन्थ्योर ?
पार्टीमा छलफल नै नगरी पार्टीको कुनैपनी कमिटीबाट निर्णय नै नगरी अझ संसदीय दलमा विषय प्रवेश नै नगराइ प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजाने तपाइँहरुको हर्कत पो प्रतिगामी थियो त , जब संसदहरु किर्ते हस्ताक्षर संकलन गरेर अस्थिरता निम्त्याउने कार्यमा तल्लिन हुन्छन भने त्यस्तो संसदको के अर्थ? संसद विघटन त हुनु नै थियो, प्रधानमन्त्रीले मौका पाए विघटन गरिदिए ।
प्रधानमन्त्रीले संसद विघटन गरेको कुरा महत्त्वपूर्ण होइन महत्त्वपूर्ण त संसद विघटन गराउने बाटो वा त्यस प्रकारको कालो राजनीति कस्ले सुरु गर्यो कस्ले र कसरी वातावरण निर्माण गर्यो भन्ने कुरा पो होत ।
“यश संविधान बमोजिम अगावै संसद विघटन भएको अवस्था बाहेक संसदको कार्यकाल पाँच वर्सको हुनेछ” भनेर नेपालको संविधान २०७२ ले स्पष्ट बोलेको छ! अब याहानेर बुझ्नुपर्ने कुरा केछ भने “यस संविधान बमोजिम अगावै संसद विघटन भएको अवस्था बाहेक” भनेर उल्लेख गरिनुले संसद विघटनको अधिकार कार्यकारी प्रधानमन्त्रीमा छ र त्यो अधिकार संविधानले नै दिएको स्वत स्पष्ट छैनर? किनकी संविधानमा संसद विघटन सम्बन्धि “यस संविधान बमोजिम अगावै संसद विघटन भएको अवस्था बाहेक” यसरी संविधानमा लेखिएको छ र “यश संविधान बमोजिम अगावै” भन्नुको तात्पर्य केहो ? अनि यो कसरी प्रतिगामी भयो? बरु “कुर्सीगमन” पो भयो त डियर कुमारी दिदी! व्यवस्था नै खारेज गरेर विघटन गरेको भए प्रतिगमन भन्न मिल्थ्यो होला तर व्यवस्थालाई यतावतै राखेर ताजा जनादेशमा जाने कदम त ठिकै होला नि हैन?
तपाइँहरुले भने जस्तै संसद विघटन चुनाव गर्न गराउन यदि होइन भने प्रतिगमन त त्यतिबेला हुन्छ होला, कमसेकम तोकिएकै समय मितिमा चुनाव गर्ने गराउने वातावरण त निर्माण गर्नुस् , चुनावमा त होमिनुस सकारात्मक वातावरणको बावजुद पनि चुनाव भएन भने अनि भनुला नि प्रतिगमन, हैनर ?
फेरि संविधान सम्बन्धि राजनीतिक विवाद वा संवैधानिक संकट आइपरेमा त्यसको निरुपण वा समाधानको अन्तिम जिम्मा संविधानले नै अदालतलाइ जिम्मा दिएको होइनर? संविधानले अदालतलाइ जिम्मेवारी दिसकेपछी र अदालतमा प्रवेश भैसकेर बिचाराधिन रहेको मुद्दामा सडकमा उफ्रन मिल्छ? यदि मिल्छ भने अदालत किन चाहियो, न्यायीक संस्था किन चाहियो? यदि मिल्दैन भने तपाई हामिले नै बनाएको संविधान विरुद्ध किन सडकमा जथाभावी बोल्न पाइन्छ भन्नुहुन्छ? यदि बोल्न पाइने नै भए कानुनको के अर्थ, कानुनी राज्यको के अर्थ? कमसेकम अदालतको अन्तिम फैसला धैर्यतापुर्वक पर्खनु पर्ने होइनर?
डियर कुमारी दिदी, तपाइले अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि मौलिक हकको तर्क गर्नुभयो, के मौलिक हक भनेको व्यक्तिको चरित्र, लैंगिक्ता र सेतो सारी बारे तथानाम बोल्नु पनि हो ? यदि हो भने तपाईं पनि प्रचण्ड-माधवको खलिको नेत्री हुनुहुन्छ र तपाईं पनि प्रचण्ड-माधव कै घरमा गएर सधैंको लागि बस्नुस भन्ने तर्क वा अभिव्यक्ति मौलिक हक भित्र पर्छ ? यदि पर्छ भने त्यो मौलिक हकको प्रयोग म गर्छु र भन्छु ‘रामकुमारी झाक्री’ तपाइँ सधैंको लागि मेरो घर आउनुस ! यदि मौलिक हक भित्र यस्तो अभिव्यक्ति स्वतन्त्रता छैन भने यो लेखिरहदा म माफी चाहन्छु ।
के रास्ट्रपति ‘बिध्यादेवी भण्डारी’ले “सेतो सारी” लगाकै कारण राजनीतिमा ठाउँ पाउनु भएको हो? के नेपाली राजनीतिमा वाहाको सकारात्मक योगदान छैन? छैन भने स्व. प्रचण्ड पुत्र प्रकाशको जीवन संगिनी बिना मगरलाइ के भन्नुहुन्छ ? एमाले कै स्व. पुर्व पर्यटन मन्त्रीको जीवन संगिनीलाई के भन्नुहुन्छ? के तत्कालिन एमालेले मदन भण्डारीको मृत्यु पछि “सेतो सारी” देखाएर राजनीति गरेको थियो? यदि थियो भने त्यही “सेतो सारी”को राजनीतिबाट आउनु भएको तपाईंलाइ आजको राजनीतिक नेत्री भनेर हामिले किन मान्ने ? एउटि एकल महिलाको अस्मिता सङ्ग जोडिएको “सेतो सारी” प्रती सार्वजनिक मञ्चबाट यो हदको भद्दा टिप्पणी अरु के हुन सक्दछ ?
तपाइको दृस्ठिकोणमा प्रतिगमन होला, अन्यको दृस्ठिकोणमा अग्रगमन होला वा अरुको अन्य दृस्ठिकोण पनि होला तर दृस्ठिकोण प्रकट गर्ने शब्द, भाषाको पनि त शाब्दिक अर्थ हुन्छ होला, भाषिक अर्थ हुन्छ होला, प्रयोग गरिने शब्दहरुको राजनीतिक अर्थ हुन्छ होला, तर तपाइले प्रयोग गर्नुभएको शब्द र भाषाको कुनैपनी कोणबाट राजनीतिक अर्थ लाग्दैन केवल यौनिक अर्थ मात्र लाग्दछ! त्यसैले त तपाईंले अभिव्यक्ति स्वतन्त्रताको नाममा अपराध गर्नुभयो ।
डियर कुमारी दिदी
म तपाइँको व्यक्तित्व मन पराउछु, तपाइको राजनीतिक योग्यता देखेर मैले तपाइको राजनीतिक व्यक्तित्व मन पराएको थिएं । म तपाइँलाई सामाजिक संजालहरुमा प्रमोट पनि गरिरहेको छु, तर यसैलाइ आधार मानेर तपाइको कुनै मित्रले तपाईं र मलाइ जोडेर यौनिक अर्थ आउनेगरि हाम्रो चरित्रमाथी आक्षेप लगाउनको लागि बोल्न पाइन्छ जो कसैले बोल्न पाउछ भन्ने ? आक्षेप लगायो भने के गर्नुहुन्छ ?
लेखकका आफ्नै निजि बिचार हुन् ।
प्रतिक्रिया दिनुहोस