सूर्य चिन्ह र नेकपा नाम हाम्रै हुन्छ, नभए आँधीवेहरी आउँछ: प्रचण्ड


पुस २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने बताएका छन्।

यसबारे सोमबार निर्वाचन आयोग गएर आएपछि थप प्रष्ट भइसकेको उनको भनाइ थियो। उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्डको दाबी छ।

उनले यो कुरा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा भनेका हुन्। प्रचण्डले सूर्य चिन्ह र नेकपा नाम नपाउने अवस्था आएमा आँधीवेहरी आउने चेतावनीसमेत दिएका छन्।

‘नाम र चिन्ह हाम्रो हुन्छ। नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन।’उनले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउनेमा शतप्रतिशत विश्वस्त रहेको पनि बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक रहेको पनि बताएका छन्। पार्टीभित्रको विवादले प्रतिनिधि सभा भंग गर्न नमिल्ने उनले बताएका हुन्।

२८ पुष २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको