मौलिक लोक नृत्य प्रतियोगितामा उत्कृष्ट पोशाकमा शितलनगर मगर समाज देवदह ,रुपन्देही र अठार मगरात कलाकार संघ छनौट


पोष्टपाटी, काठमाडौं ।
मगर समुदायको महान पर्व माघेसंक्रान्तिको अबसरमा मगर संसार फोटो ग्यालरीले आयोजना गरेको मौलिक लोक नृत्य प्रतियोगितामा उत्कृष्ट पोशाकमा अठार मगरात कलाकार संघ र शितलनगर मगर समाज देवदह रूपनदेहीलाई छनौट गरिएको छ ।

मगर संसार फोटो ग्यालरीका संस्थापक तथा ग्रुप संचालक समितिका अध्यक्ष अनिल लामिछाने मगरको सभापतित्वमा शुरु भएको नतिजा घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल मगर संघका अध्यक्ष तथा अन्तरास्ट्रिय मगर मन्चमा अध्यक्ष नवीन रोका मगर हुनुहुन्थ्यो भने विशेष अतिथिको रुपमा समाजसेवी/आमा जुनु पुन मगर र नेपाल मगर सास्कृतिक संघका अध्यक्ष कबिराज मगर हुनुहुन्थ्यो ।

त्यस्तै अन्य अतिथिहरुमा नेपाल मगर संघका सल्लाहकार प्रमुख टंक थापा मगर, कलाकार मनसुधन थापा मगर र प्रिया मगर हुनुहुन्थ्यो । अतिथिहरुले माघेसंक्रान्तिको शुभकामना दिनुको साथसाथै मगर समुदाय भित्रका मौलिक कला र सास्कृतिको जगेर्ना गर्न यस्तै कार्यक्रमहरुले थप टेवा पुग्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रम संचालन रुपा घर्ती मगर र छिनीङ मगरले गर्नुभएको थियो भने सिङ्गो कार्यक्रमको संयोजक मगर संसार फोटो ग्यालरी संचालक समितिका उपाध्यक्ष एम. बि. मगर र सल्लाहकार ज्योति रजाली मगर हुनुहुन्थ्यो ।

२८ पुष २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको