दाङमा ट्याक्सीको ठक्करबाट घाइते खड्काको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु

सांकेतिक फाइल तस्बिर

भदौ २६, दाङ । ट्याक्सीको ठक्करबाट घाइते भइ उपचारका लागि नेपालगञ्ज लगिएका पश्चिम दाङका एक ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार शान्तिनगर गाउँपालिका वडा नं. ४८ बर्षीय रुद्रबहादुर खड्काको नेपालगञ्जस्थित नरसिंह होममा उपचारका क्रममा शनिवार दिउँसो सवा १२ बजे मृत्यु भएको हो ।

शनिबार बिहान साढे ८ बजेतिर शान्तिनगर ५ खैरेनीको बागमारेबाट तिलवारी तर्फ जाँदै गरेको रा ५ प ३१३४ नम्बरको मोटरसाईकलमा सवार खड्कालाई हापुरेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ८०५ नम्बरको ट्याक्सीले ठक्कर दिएको थियो ।

उक्त दूर्घटनामा परि मोटरसाईकलको पछाडि सवार शान्तिनगर १ कै ६७ बर्षीय नरबहादुर वलीपनि गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार उनको ढाड र बाँया खुट्टामा चोट रहेको छ । वलीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्सी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

२६ भाद्र २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको