जनपत्रकार संगठन कर्णाली प्रदेशको अध्यक्षमा विक र सचिवमा केसी


भदौ २६, सुर्खेत । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

शनिबार सुर्खेतमा भएको प्रदेश सम्मेलनले कालिकोटका वसन्त विकको अध्यक्षतामा पछि ५ सदस्य थप्नेगरी २३ सदस्य प्रदेश कमिटी चयन गरेको छ ।

जसको उपाध्यक्षमा योगराज विश्वकर्मा (सल्यान), कर्ण विश्वकर्मा (कालिकोट), सचिवमा खकेन्द्र केसी (सल्यान), सहसचिवमा प्रेम विश्वकर्मा (जाजरकोट), जनसरा ऐडी (कालिकोट) र कोषाध्यक्षमा सिद्ध बहादुर खड्का (सुर्खेत) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा उपेन्द्र रावल, बिरेन्द्र डिसी, रमेश प्याकुरेल, जीवन विक, गमानसिंह घर्ती, अशोक शाही, रण बहादुर विक, खड्क विक, देउरुमा कठायत, सुनिता परियार र विरेन्द्र शाही रहेका छन् ।

नेकपाका केन्द्रीय सदस्य एटम विसी र जनपत्रकार संगठन नेपालका अध्यक्ष सेर बहादुर विकको उपस्थितिमा सम्मेलन गरिएको हो ।

२६ भाद्र २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको