५ हजार २२५ जना कोरोना संक्रमणमुक्त, मृतकको संख्या कति ?

फाइल तस्बिर

जेठ २८, काठमाडौं । गएको २४ घण्टामा नेपालमा ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१५ हजार १८२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्। आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, ६७ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ३०५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

२८ जेष्ठ २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको