दाङमा गोली चल्यो, एक युवक पक्राउ


जेठ २८, दाङ । दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् ।

गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन ।

सामान्य बिबादमा तर्साउन गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जानेको छ ।

घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

२८ जेष्ठ २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको