मगर सन्सारको चौथो बार्षिक उत्सब केन्द्रीय उपाध्यक्ष गंगा खासुको प्रमुख आतिथ्यतामा सप्पन्न


“भेषभूषा, भाषा,लिपि,धर्म , संस्कार र संस्कृतिको संरक्षण गरौ, बिश्व भरिका मगरहरुलाई एकजुट गराऔ” भन्ने उद्देश्य ले खोलिएको मगर सन्सार फोटो ग्यालरी ग्रुप / पेजको चौथो बार्षिक उत्सब नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष गंगा खासु मगरको प्रमुख आतिथ्यतामा जुम भर्चुअल मार्फत २०७८ बैशाख २५ गते शनिवार सप्पन्न भएको छ ।

जुम भर्चुअल कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथी खासु मगरले मगर सन्सार ग्रुपले चौथो बर्ष पूरा गरि पाचौ बर्षमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना ब्यक्त गरेकी थिइन । साथै नेपाल मगर संघले भन्दा मगर सन्सार ग्रुपले निकै प्रभावकारि कार्यक्रमहरु गरेको, मगरहरुको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने विभिन्न प्रतियोगिता सन्चालन गर्दै आयको र दु : खि , पीडित मृगौला रोगि, क्यान्सर बिरामी असक्तलाई आर्थिक सहयोग गरेकोमा ग्रुपलाई धन्यवाद व्यक्त गरेकी थिइन । साथै मगर समुदायलाई २०७८ सालको जनगणनामा सबै मगरले नामको पछि थर र मगर अनिवार्य लेखन समेत आग्रह गरेको थिईन ।

त्यसै गरी बिशेष अतिथि उद्यमी प्रेम कुमारी पुन मगरले मगर संसारको काम देखेर आफु दंग परेको र भर्खर कलीला भाई बहिनीले अनलाइनबाट कति धेरै काम र योगदान पुर्याएको चर्चा सहित मगर संसारलाई जून बेला पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा बोल्दै अब मगर पनि आत्म निर्भर बन्न यसरि नै कसिनु पर्ने र अरुको भरमा होइन आफ्नै भरमा जिऊन सिक्नु पर्ने धारणा राखेकी थिइन, उद्यमी प्रेम कुमारीले आफ्नो घरेलू उद्दोगमा धेरैले रोजगार पाएको र आफ्नो सिप आफ्नो देशमा प्रयोग गर्न पाउडा खुसी लागेको बताएकी थिईन । त्यसै गरी नेपाल मगर संघ बैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरुले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सभाध्यक्ष अनिल लामिछाने मगरले ग्रुपले समाज माथि पुर्याएको योगदान बारे जानकारी दिदै, ग्रुपले ११ लाख पुरस्कार स्पोन्सरमा हालसम्म ३० वटा प्रतियोगिताहरु सन्चालन गरिसकेको साथै हालसम्म ७४ जना दु : खि, असहाय, अपाङ्ग, मृगौला पीडित, क्यान्सर रोगी लगायत विभिन्न बिरामिहरुलाई राहत कोषबाट ५० लाख भन्दा बढि आर्थिक रकम सहयोग गरेको समेत जानकारी गराए । अनलाइन मार्फत मगर भाषा क्लास, उत्घोषक तालीम,चेतनमुल्क प्रतियोगिता सम्पन्न गरेर मगर बीचको सम्बध लाई फराकिलो बनायको धारण राख्नुका साथसाथै मगर संसारलाई सहयोग दिने सबैप्रति आभार समेत प्रकट गरे ।

कार्यक्रम ग्रुपका एडमिन शान्ति राना मगर र प्रकाश मगरले सन्चालन गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र राना मगरले गरेका थिए । जुम भर्चुअल इजरायल मगर संघले उपलब्ध गरएको थियो ।

२८ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको