बिप्लबको गाउँमा राजनैतिक प्रशिक्षण


चैत्र २९, रोल्पा । नेकपाका महासचिव बिप्लबको जन्म गाउँ रोल्पाको परिवर्तन गाउँपालिकामा राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटि रोल्पाको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको रोल्पा जिल्ला सेक्रेटरी शोभाराम रानाले जानकारी दिए ।

रोल्पा जिल्लाको राजनैतिक प्रशिक्षण अभियानमा रहेको रोल्पा जिल्ला इन्चार्ज दिनेश चन्द नेतृत्वको टोली विप्लवको जन्मथलो रोल्पाको परिवर्तन गाउँपालिकामा शनिबार २८ गते पुगेको थियो ।

गाउँ कमिटी सेक्रेटरी हरिको अध्यक्षता तथा संचालनमा रोल्पा जिल्ला इन्चार्ज दिनेश बिक्रम चन्दको प्रमुख आतिथ्यता रहेको थियो भने निबर्तमान जिल्ला इन्चार्ज सन्तोष सुबेदीको विशिष्ट अतिथ्यता र अतिथिहरुमा जिल्ला सेक्रेटरी शोभाराम राना, शिक्षण संगठन राप्ती ब्युरो संयोजक बिर बल वली रहेका थिए ।

प्रशिक्षण कार्यक्रममा पार्टीको नयाँ नीति तथा कार्यक्रम बारे प्रमुख अतिथि चन्दले स्पष्ट पार्दै संसदीय व्यबस्थाको बिकल्प खोज्नु पर्नेमा जोड दिएका भने बिगत र वर्तमानको राजनैतिक समिक्षा सहित बैज्ञानिक समाजवादको आवस्यकता बारे विशिष्ट अतिथि सुबेधिद्वारा मन्तब्य राख्ने कार्य भएको थियो ।

त्यसैगरी बैठकमा राजनीतिक बैचारिक ,संगठन ,आर्थिक लगायतका विभिन्न विषयहरुमा महत्त्वपूर्ण निर्णय भएको सेक्रेटरी रानाले पोष्टपाटीलाई जानकारी दिए ।

सेक्रेटरी हरि खड्काको कमान्डमा १० सदस्यीय टोली, महेन्द्रको कमान्डमा ९ सदस्यीय र सम्झनाको कमान्ड ८ सदस्यीय एकीकृत जनदिशा अभियान टोलिको गठन भएको जनाइएको छ । प्रशिक्षणले पार्टीको योजनालाई कार्यान्वयन गर्न उत्साहित बनाउनु साथै सहभागीहरूले पार्टीको योजनालाई जनसमुदायको बीचमा राख्ने प्रतिबद्धता जनाएका थिए ।

नेकपा रोल्पाद्वारा राजनैतिक प्रशिक्षण तथा बैठक कार्यक्रम रोल्पा जिल्ला भरि क्रमिकरुपमा जारि छ ।

२९ चैत्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको