रामकुमारीको पक्राउले देशलाई मुठभेडमा लाने संकेत – जनार्दन शर्मा


माघ २९, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)का नेता जनार्दन शर्मा (प्रभाकर)ले रामकुमारी झाँक्रीको पक्राउ बारे खरो टिप्पणी गरेका छन् । देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र अनुसार नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको उनले बताएका छन् ।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै रामकुमारीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले झाँक्रीको पक्राउबाट नागरिक स्वतन्त्रताको हनन् भएकोसमेत बताएका छन् ।

महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै जरुरी पक्राउ पूर्जी थमाएको छ ।

२९ माघ २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको